कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सानमिगेलको एक्सप्लोर अभियान सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउन देशका विभिन्न गन्तव्यहरूको परिचय दिने उद्देश्यले सानमिगेलको ‘एक्सप्लोर’अभियान प्रारम्भ भएको छ । ‘एक्सप्लोर’ अभियानको सुरुवात सानमिगेल ब्रुअरी, फिलिपिन्सबाट सुरु भएको हो । 

सोही अभियानलाई पछ्याउादै नेपालमा ‘एक्सप्लोर’ अभियानले देशभित्रका विभिन्न क्षेत्रमा पुग्ने र त्यहााका गन्तव्यहरूका प्रचार गर्ने उद्देश्य राखेको छ । यस अभियानअन्तर्गत नेपाली जगत्का लोकप्रिय युट्युबभ्लगर्सलाई सहभागी गराई उनीहरूको अनुभवलाई युट्युबमार्फत् प्रचारप्रसार गराइनेछ । ख्यातिप्राप्त युट्युबभ्लगर्स घुमन्ते, चेतनराज कार्की, सिसन बानियाा र ‘नेपाल’ एट्थ वन्डर पर्यटन प्रचारका लागि कञ्चनजंगा बेसक्याम्प, भोटेकोसी, अन्नपूर्ण बेसक्याम्प र एभरेस्ट बेसक्याम्पको जीवनशैली र अन्य विधाको अध्ययन गरी युट्युबमार्फत् प्रचारप्रसार गर्नेछन् ।


नेपालका विभिन्न भाग पर्यटकीय दृष्टिकोणले अत्यन्त आकर्षक भएको र तिनीहरूले प्रशस्त पर्यटनको सम्भावना बोकेकाले त्यस्ता ठाउाहरूलाई प्रचार माध्यमले प्रवर्द्धन गर्ने उद्देश्य ‘एक्सप्लोर’ अभियानले बोकेको छ । यसबाट आन्तरिक एवं बाह्य पर्यटनमा योगदानपुग्ने अपेक्षा गरिएको छ । सन् १९९४ देखि नेपालीमाझ लोकप्रिय सानमिगेलले केवल रमाइलो र साहस मात्र नभई प्रकृति, मित्रता र विश्रामको गहिराइ पत्ता लगाउन उत्प्रेरित गरेको छ भने ‘एक्सप्लोर’ क्याम्पेनमार्फत् भिजिट नेपाल २०२० को आगमनको साथ दिादै नयाा ठाउा, नयाा खोज अनि भिन्न रोजाइ पस्कनेछ ।

प्रकाशित : कार्तिक ७, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?