२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

दी एलिमेन्टस्ले गायो ‘अल्लारे...’

कान्तिपुर संवाददाता

काठमाडौँ — दी एलिमेन्टस् ब्यान्डले टुबोर्ग ओपन सेसन्स् २ मा आफ्नो लोकप्रिय गीत ‘अल्लारे...’ को प्रस्तुति दिएको छ । यो गीतको शब्द एकै रातमा लेखिएको थियो र सुरुमा सामान्य रेकर्डर प्रयोग गरी गाइएको थियो । ओपन सेसन्स् २ मा भने थप जोसिलो र रमाइलो शैलीमा यो प्रस्तुत गरियो । गीतको वातावरण र प्रकृतिलाई थप रमाइलो बनाउन धेरै धुन थपिएको थियो । 

दी एलिमेन्टस्मा ईशान ओन्टा गायक, ड्रम्समा दिपेश गुरुङ र गितारमा रौनकसिंह अधिकारी छन् । ओपन सेसन्स्को पहिलो संस्करणमा दी एलिमेन्टस्ले प्रस्तुति दिएको लोकप्रिय गीत ‘बिर्सने हौ कि...’ ले सबैभन्दा धेरै भ्युज र स्ट्रिम संकलन गरेको छ ।


सिजन २ मा निर्माता रोहित शाक्य र मनोजकुमार केसीले नेपाली संगीतको सारलाई पुनर्जीवित गर्दै २६ वटा गीतमा सहकार्य गर्ने बताइए । नेपाली संगीत उद्योगको विविधतालाई अंगाल्ने र परम्परागत सांगीतिक आधारलाई सम्मान गर्ने यस सेसनको लक्ष्य रहेको बताइएको छ । टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स्– २ एक युट्युब सिरिज हो जसमा, प्रसिद्घ कलाकारको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको गीत प्रस्तुत गरिन्छ ।



प्रकाशित : कार्तिक ५, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?