रत्नशमशेरलाई सलाम

कान्तिपुर संवाददाता

काठमाडौँ — उमेरले आठ दशक छोए पनि गीतकार रत्नसमशेर थापाको सक्रियता उस्तै छ । सहरका साहित्यिक कार्यक्रमतिर उनी तन्नेरी जोसका साथ पुगिरहेका हुन्छन्, रचना सुनाउन । शनिबार भने रेडियो कान्तिपुरले उनको सम्मान गर्दै ‘सलाम जिउँदो इतिहासलाई’ कार्यक्रममा प्रस्तुत गर्‍यो ।

रत्नशमशेरलाई सलाम

अग्रजको अनुभव सुन्दै नयाँ पुस्ताका प्रतिभाले अग्रजकै सिर्जनालाई प्रत्यक्ष प्रस्तुत गर्दै आएको यो कार्यक्रममा थापाले आफ्नो अनुभूति सुनाए, नयाँ पुस्तालाई प्रेरणा दिए ।

‘घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन...’, ‘ए कान्छा ठट्टैमा यो बैंस...’, ‘पन्छीमा राम्रो डाँफे...’, ‘जाग लम्क चम्क हे...’ जस्ता जस्ता कालजयी गीतका यी स्रष्टाका सिर्जनालाई युवा पुस्ताले सुनाउन पाउनुलाई विशेष अवसरको रूपमा व्याख्या गर्दै थिए कार्यक्रमका परिकल्पनाकार एवं प्रस्तोता दिनेश डीसी ।

यसपछि थापाको रचना, प्रेमध्वज प्रधानको स्वर र प्रेम माणिकको संगीत रहेको ‘गोरेटो यो गाउँको...’ लाई भविन ढुंगानाले सुनाए । शक्ति वल्लभको संगीत, प्रकाश श्रेष्ठ र सुक्मित गुरुङको स्वर रहेको थापाकै अर्को चर्चित गीत ‘चुमेर सुगन्धित फूल...’ गायन भने भविनलाई मनीषा पोखरेलले साथ दिइन् ।

यसपछि थापाको गीति लेखन र नेपाली संगीतमा उनको योगदानमाथि प्रकाश पारे समालोचक प्रकाश सायमीले । उनले गीतकार थापा नेपाली आधुनिक गीत संगीतको रत्न रहेको दाबी गरे ।

प्रकाशित : कार्तिक ४, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?