२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

‘घामड शेरे’ को ट्रेलर

कान्तिपुर संवाददाता

काठमाडौँ — हेमराज बीसी निर्देशित फिल्म ‘घामड शेरे’ को सोमबार सार्वजनिक गरिएको ट्रेलरमा बाढीले जग्गा बगाएपछि जग्गाधनीले खोलालाई मुद्दा हालेको द्वन्द्वमाथि फिल्म आधारित रहेको प्रस्ट्याएको छ । फिल्मको शीर्ष भूमिकामा निश्चल बस्नेत अभिनीत छन् भने उनको अपोजिटमा सालीको भूमिकामा स्वस्तिमा खड्का छिन् ।

‘घामड शेरे’ को ट्रेलर

कात्तिक ८ देखि प्रदर्शनमा आउन लागेको उक्त फिल्मलाई निर्देशक बीसीले सिमोश सुनुवारसँग मिलेर निर्माण गरेका हुन् । फिल्मको कथा, पटकथा पनि निर्देशक बीसीले नै लेखेका हुन् । निश्चल र स्वस्तिमासहित फिल्ममा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल र विशेष भूमिकामा गौरी मल्ल पनि अभिनयमा छन् । फिल्मले यसअघि नै कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र गायनमा ‘साली मन पर्‍यो...’ बोलको गीत सार्वजनिक गरिसकेको छ ।


खोलालाई मुद्दा हाल्ने विषयको उठानबारे कार्यक्रममा प्रस्ट्याउँदै लेखक तथा निर्देशक बीसीले भने, ‘पश्चिमतिर हाँसोका रूपमा खोलालाई मुद्दा हाल्ने भन्ने प्रचलनमा छ । यो आइडियाबाटै मैले फिल्मको कथा तयार पारेको हुँ ।’ उनले आफू र निश्चल मिलेर यसका कानुनी बाटोहरूमा पनि लामो समय खोज अनुसन्धान गरेर मात्रै फिल्म बनाउन अघि बढेको बताए । फिल्मलाई लिएर निश्चल र स्वस्तिमा दुवैले उत्साह प्रकट गरेका थिए ।


प्रकाशित : आश्विन २८, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?