‘माझी’ बाट टुबोर्ग ओपन

कान्तिपुर संवाददाता

काठमाडौँ — गायक, गीतकार र संगीतकार तीनै विधामा आफूलाई अब्बल सावित गरिसकेका कालीप्रसाद बाँस्कोटाको ‘माझी’ गीत प्रस्तुतिबाट टुबोर्ग ओपन सेसन्स्को दोस्रो संस्करणको सुरुवात गरिएको छ । 

टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालित टुबोर्ग ओपन सेसन्स् २ मा कलाकारको प्रत्यक्ष रेकर्ड प्रस्तुतिहरू पेस गरिन्छ । बाँस्कोटाको गीतले एक सामान्य माझीको आशा, वेदना, भाग्य र गन्तव्यको कथा बोल्छ । उक्त गीत फिल्म ‘पुरानो डुंगा’ मा समावेश गरिएको थियो । टुबोर्ग ओपन सेसन्स् २ मा यसको संगीत निर्माता तथा एरेन्जर रोहित शाक्य रहेका छन् । यसअघि टुबोर्ग ओपन सेसन्स्को पहिलो संस्करणमा पनि नेपाली संगीतकारलाई ल्याई सांगीतिक प्रस्तुति पेस गरिएको थियो ।

प्रकाशित : आश्विन २८, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?