कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

यौनको पक्षमा

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउड अभिनेत्री कंगना रनावत सनसनीपूर्ण अभिव्यक्ति दिनमा माहिर मानिन्छिन् । कहिले आफ्नै सहकर्मीमाथि मौखिक हमलामा उत्रिन्छिन् भने कहिले विवादास्पद विषयमा उत्तेजक भनाइ दिएर । त्यसैले पनि बलिउडमा उनको छवि लडाकु स्वभावको छ । हत्तपत्त कोही पनि कंगनासँग सवालजवाफमा उत्रन चाहन्नन् । 

यौनको पक्षमा

यतिबेला पनि कंगनाले सेक्सको मामिलामा उदारतापूर्ण अभिव्यक्ति दिएकी छन् । उनले हरेक अभिभावकले आफ्ना सन्तानलाई यौनप्रति प्रोत्साहित गर्नुपर्ने धारणा राखेकी छन् । भारतीय समाजमा यौनलाई सार्वजनिक रूपमा वर्जित विषय मानिनेमा यी अभिनेत्रीले आपत्ति जनाउँदै हालै एक कार्यक्रममा भनेकी छन्, ‘यौन भनेको हरेक व्यक्तिको जीवनको महत्त्वपूर्ण पक्ष हो । जब तपार्इंलाई यौनेच्छा हुन्छ, तब पूरा गर्नुहोस् । यसमा नलगाउनुहोस् । र, अभिभावकहरू त आफ्ना सन्तानले यौन सुख लिएको थाहा पाएमा खुसी हुनुपर्छ । सन्तानहरू पनि यौनप्रति बढी जिम्मेवारचाहिं हुनुपर्छ ।’


कंगनाले आफूले पनि सानै उमेरमा यौन संसर्ग गरेको बताउँदै भनिन्, ‘मेरा अभिभावक त त्यतिबेला सक्ड नै भए जतिबेला म यौनका मामिलामा सक्रिय थिएँ । खासमा परिवार आफ्ना सन्तानको यौनप्रति चासो दिनुपर्छ र यसका लागि प्रेरित पनि गर्नुपर्छ ।’


३२ वर्षीया अविवाहित कंगनाले आफू कहिल्यै विवाह नगर्ने पनि बताएकी थिइन् । त्यसको कारणमा उनले विवाह गरेर आफू बन्धनमा पर्न नचाहेको अभिव्यक्ति दिएकी थिइन् । त्यसो त उनी लभ अफेयर्समा भने विश्वास गर्छिन् । उनको लामो समय अभिनेता हृत्तिक रोशनसँग प्रेमसम्बन्ध चलेको पनि बताइन्छ । पछि सम्बन्धमा खटपट भएपछि कंगनाले अभिनेताविरुद्ध हृयारासमेन्टको आरोपसमेत लगाएकी थिइन् ।


कंगनाले यौनप्रतिको पुरातनवादी सोचको पनि विरोध गरेकी छन् । ‘पहिले पहिले त अझ जो व्यक्तिप्रति आकर्षित भएको हुन्छ वा ऊप्रति यौनसम्पर्क भएको हुन्छ, त्यसैसँग समाजका मान्छेले जबरजस्ती विवाह गराइदिन्थे । त्यो सोच अहिले पनि खासै बदलिएको छैन । अभिभावकले आफ्ना छोराछोरीलाई विवाहअघि यौनसम्पर्कका लागि अनुमति दिएको पाइँदैन । तर यो ठीक हैन,’ कंगनाले भनेकी छन् । कंगना पछिल्लो पटक फिल्म ‘जजमेन्टल है क्या’ मा अभिनेता राजकुमार रावसँगै देखिएकी थिइन् । नेसनल अवार्ड विजेता कंगनाले यतिबेला तामिलनाडुकी राजनीतिक नेता जय ललिताको बायोपिकका लागि तयारी गरिरहेकी छन् । त्यसबाहेक ‘पङ्गा’ र ‘धाकड’ पनि उनका पाइप– लाइनमा छन् ।



प्रकाशित : आश्विन १४, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?