२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

मोरङ — प्रदेश १ मा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ  । धरानमा कात्तिक २२ देखि २४ गतेसम्म महोत्सव हुने आयोजकहरूले जनाएका छन्  ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले भने ‘प्रदेशमा चलचित्रको व्यावसायीकरण र विकासका लागि अन्तर्राष्ट्रिय स्तरको महोत्सव आयोजना गर्न लागिएको हो,’ उनले भने, ‘महोत्सवको अवसरमा प्रदेश १ स्थित प्रमुख सहरहरूमा गरी २५ वटा लघु चलचित्रका साथै ऐतिहासिक चलचित्र प्रदर्शन हुने छन् ।’

चलचित्र प्रदर्शन भएपछि त्यसमा अभिनय गरेका कलाकार, लेखक, निर्देशकलगायतका प्राविधिक टोलीहरूसँग छलफल, बहसको कार्यक्रमसमेत रहेको उनले सुनाए । महोत्सवको अवसरमा यहाँका बिभिन्नजातीय भाषा, धर्म, संस्कृतिको संरक्षण र सम्वर्द्धनका लागि समेत जातीय चलचित्रहरूको प्रर्दशन र त्यसको विकासको बारेमा बहस, छलफलको आयोजना गरिने कार्कीले बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बोर्डले सातै प्रदेशमा चलचित्र महोत्सव आयोजना गर्ने बताए । उनले नेपाली चलचित्र क्षेत्रको विकासका लागि महोत्सव सुरु हुनु अगाडिदेखि नै प्रदेश १ भरका चलचित्र हलहरूमा स्वदेशी फिल्म र टेलिभिजनमा स्वदेशी गीत मात्रै प्रदर्शन हुने वातावरण निर्माणमा जुटेको बताए ।

प्रकाशित : आश्विन ९, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?