१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

घोडा मरेपछि टेलरको कन्सर्ट रद्द

(एजेन्सी)

काठमाडौँ — गायिका टेलर स्विफ्टले अस्ट्रेलियाको सर्वाधिक पुरानो घोडा दौड मेलबर्न कपमा पूर्वनिर्धारित म्युजिकल कन्सर्ट रद्द गरिदिएकी छन् । 

घोडा मरेपछि टेलरको कन्सर्ट रद्द

सन् १८६१ देखि सुरु मेल्वर्न कप यति चर्चित छ कि उक्त घोडा दौडले पूरा देशलाई नै आफूतर्फ आकर्षित गर्छ भनिन्छ । यति ठूलो र महत्त्वपूर्ण मेलबर्न कपमा गाउन इन्कार गर्नुमा जनावर अधिकारकर्मीको विरोधलाई मुख्य कारण मानिएको छ । दौडमा अपांग भएका घोडालाई समेत दौडमा सामेल गरिन्छ । यसका लागि सांग घोडाले केही बढी वजन बोकेर कुद्नुपर्ने नियम छ ।


कार्यक्रम हुनुभन्दा एक महिनाअघि गायिकाले एकाएक कन्सर्ट रद्द गर्दा उनका फ्यान निराश भएका छन् भने पशु अधिकारकर्मीले भने यसको स्वागत गरेका छन् । यसअघि पशु अधिकारकर्मीले गायिकाले मेल्वर्न कपमा सहभागी भई पशुमाथिको अत्याचारलाई प्रश्रय दिएको आरोप लगाएका थिए ।


‘तपाईंले जसरी बिरालाहरूका लागि चासो देखाउनुहुन्छ । यदि यसरी नै सबै जनावरप्रति तपाईंको चासो र चिन्ता हो भने घोडामाथि हुने अत्याचारको उक्त कपमा पनि सहभागी नहुनुहोला र पशुप्रतिको अत्याचार स्वीकार्य हुँदैन भन्ने सन्देश दिनुहोला,’ पशु अधिकारकर्मीले गायिका स्विफ्टलाई यसो भन्दै अनुरोध गरेका थिए ।


स्विफ्टले कन्सर्ट रद्द गर्नुको कारण नखुलाएको भए पनि यसै कारण भएको ठानिएको छ । सन् २०१३ मा मेलबर्न कपका दौरान ६ वटा घोडा मरेपछि पशु अधिकारकर्मीहरू यसको विरोधमा उत्रन थालेका हुन् । गायिकाले कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी गराएपछि भने आयोजकले दु:ख व्यक्त गरेको छ ।


प्रकाशित : आश्विन ५, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?