१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पत्रकार अनुपले ल्याए ‘संसारै बैमानी’

गतवर्ष ‘वारिको डाँडामा म’ गीतसहित गायकको परिचय बोकेर उदाएका पत्रकार अनुप ओझाले शुक्रबार दोस्रो गीत ‘संसारै बैमानी’ सार्वजनिक गरेका छन्  ।

पत्रकार अनुपले ल्याए ‘संसारै बैमानी’

पहिलो गीतमा अवसरको खोजीमा देश छोडेर गएका साथीको सम्झना पोखिएको थियो भने अनुपकै रचना रहेको ‘संसारै बैमानी’ मा उनले दशक लामो द्वन्द्व र संक्रमणबाट गुज्रिएको नेपाली समाज, अवसरको खोजीमा विदेशिने तन्नेरी र यही उपक्रममा बैमानीको पासोमा परेर बदलिन बाध्य भएको तन्नेरीको परिवर्तन समेटिएको छ ।

इमानको खडेरी परेको यो समयमा अनुपले बैमानीहरूको बोलबाला रहेको सत्यलाई गीतमार्फत् अगाडि ल्याएको बताए । इमानमा चल्नेहरू कसरी दबिएका छन् र उनीहरूको इमानमाथि नै बैमानीले कसरी हिलो छ्यापिरहेका छन् भन्नेबारे अनुपले गीतमार्फत् नै कटाक्ष गरेका छन् ।

भिडियो ।

प्रकाशित : आश्विन ४, २०७६ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?