‘दियर विल बी ब्लड’ शताब्दीकै उत्कृष्ट फिल्म

काठमाडौँ — बेलायती पत्रिका द गार्जियनले निकालेको २१ औं शताब्दीको उत्कृष्ट फिल्मको सूचीको पहिलो नम्बरमा अमेरिकी इपिक ड्रामा ‘दियर विल बी ब्लड’ परेको छ । 

‘दियर विल बी ब्लड’ शताब्दीकै उत्कृष्ट फिल्म

चार समीक्षक पिटर ब्राड शाँ, क्याथ क्लार्क, एन्ड्रयु पल्वर र क्याथरिन सर्ड सम्मिलित निर्णायक मण्डलले तयार पारेको उक्त सूचीमा डेनियल डे लुइस अभिनीत उक्त फिल्म सन् २००० यता बनेका विश्वभरका फिल्ममध्ये सर्वोत्कृष्ट ठहरिएको हो ।


सन् २००७ मा बनेको उक्त फिल्म ८० औं ओस्कार अवार्डमा समेत आठ विधामा मनोनीत हुँदै अभिनेता र छायांकनमा दुई अवार्ड जितेको थियो । त्यसैगरी सूचीको दोस्रो स्थानमा सन् २०१३ को ‘१२ इयर्स अ स्ले’, तेस्रोमा २०१४ को ‘ब्वायहुड’, चौथोमा २०१३ को ‘अन्डर द स्किन’ र पाँचौं स्थानमा सन् २००० मा बनेको ‘इन द मुड फर लभ’ परेका छन् । २१ औं शताब्दीका उत्कृष्ट १०० फिल्मको सूचीमा गार्जियनले एक मात्र भारतीय फिल्म ‘ग्याङ अफ वासेपुर’ अटाएको छ ।


अनुराग कश्यप निर्देशित उक्त फिल्म सूचीको ५९ औं स्थानमा अटाएको हो । मनोज बाजपेयी, नवाजुद्दिन सिद्दिकी अभिनीत उक्त फिल्म सूचीमा परेकोमा खुसी हुँदै निर्देशक कश्यपले भनेका छन्, ‘खुसी त छु तर यदि मैले यो सूची बनाएको भए मेरै फिल्म पर्दैनथ्यो होला किनकि यो सूचीमा मेरोभन्दा निकै राम्रा फिल्म पछि छन् ।’


त्यसो त उनले सूचीको पहिलो स्थानमा आएको फिल्म ‘दियर विल बी ब्लड’ मा भने सहमति जनाएका छन् । कश्यपले सूचीको ९८ औं स्थानमा परेको क्रिस्टोफर नोलनको फिल्म ‘द डार्क नाइट’ आफ्नो फिल्मभन्दा निकै राम्रो भएकाले अगाडि आउनुपर्ने तर्क गरे ।


एजेन्सी

प्रकाशित : भाद्र ३०, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?