२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

धुलिखेलमा सांगीतिक जात्रा

काभ्रे — अपांगता भएका बालबालिकालाई सांगीतिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले धुलिखेलमा ‘म्युजिकल जात्रा’ गरिएको छ । रमाइलो छत्रछायामुनि नामक संस्थाले धुलिखेलस्थित हिमालयन मोटर ल्यान्ड (बेजिङ प्लान) मा गरेको सांगीतिक कार्यक्रममा चर्चित ब्यान्ड कब वेव, द एक्स, द एक्ट, इलेक्ट्रिक एयर, द सफ टोन्स, द नर्ट एन्ड ब्याडलगायत स्थानीय ब्यान्डले प्रस्तुति दिए । 

धुलिखेलमा सांगीतिक जात्रा

संस्थाले आफ्नो खर्चमा ३ जना दृष्टिविहीनसहित ६ जनालाई सांगीतिक प्रशिक्षण दिँदै आएको छ । शनिबार दृष्टिविहीन प्रवीण तामाङ, सरोज विक, शिवराज विक र साजन सोनार, दिनेश परियार र सुष्मा परियारले पनि सांस्कृतिक प्रस्तुति दिए । स्थानीय सञ्जीवनी माध्यमिक विद्यालयमा पढ्दै आएका दृष्टिविहीन प्रवीण गायनसँगै गितार पनि बजाउँछन् ।


दृष्टिविहीन शिवराज गाउँछन् भने सरोज क्याजोन बजाउँछन् । सुष्मा गाउँछिन्, दिनेशले गितार र साजन बाँसुरी बजाउँछन् । ६ जनाको प्रशिक्षणको निरन्तरताका लागि स्रोत जुटाउन कन्सर्ट गरिएको अध्यक्ष श्रेयविक्रम ब्याञ्जुले जनाए ।

प्रकाशित : भाद्र २९, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?