कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राधिका वेब सिरिज क्विन

काठमाडौँ — नायिका हुनका लागि बलिउडमा अझै पनि आकर्षक जिउडाल र सुन्दर अनुहारै चाहिन्छ । प्राथमिकतामा यस्तै युवती पर्ने गर्छन् तर अपवाद कसैका लागि छ भने त्यो राधिका आप्टे पनि एक हुन् ।

राधिका वेब सिरिज क्विन

उनी आकर्षक र ग्ल्यामर लुकका कारणले भन्दा पनि अभिनयको दमले बलिउडमा छाएकी अभिनेत्री हुन् । राधिका यतिबेला नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’ मा पनि महत्त्वपूर्ण भूमिकामा देखिएकी छन् । अधिकांश नायिका ग्ल्यामर र नायकको प्रेमिकाको भूमिकामा खेल्न रुचाइरहँदा उनी भने बोल्ड भूमिकामा बढी विश्वास गर्छिन् ।

सन् २००५ मा ‘वाह, लाइफ हो तो ऐसी’ मार्फत् बलिउड डेब्यु गरेकी आप्टेले मुख्य नायिकाका रूपमा भने त्यसको चार वर्षपछि मात्रै बंगाली सोसल ड्रामा फिल्म ‘अन्तहीन’ मा मात्रै मौका पाइन् तर चर्चा भने सन् २०१५ मा रिलिज उनका दुई फिल्म ‘हन्टर’, ‘बदलापुर’ र ‘माझी ः द माउन्टेन म्यान’ बाट मिल्यो ।

त्यसपछि करिअरको रफ्तारले उकालो लागिरहेका बेला आप्टेले सन् २०१६ मा रजनीकान्तको फिल्म ‘कबाली’ खेल्न पाइन् । यस फिल्मले उनलाई आम दर्शकमाझ पुर्‍याएको थियो तर यसैबेला उनको करिअरमा एउटा धक्का लाग्यो, फिल्म ‘पार्च्ड’ को न्युड सिन लिक भएपछि । आप्टे यतिबेला वेब सिरिजमा समेत व्यस्त हुन थालेकी छन् ।

नेटफ्लिक्सले नै उनलाई ‘सेक्रेड गेम्स’ पछि लगातार अरू दुई ‘लस्ट स्टोरिज’ र ‘घोल’ मा पनि लिएको छ । यतिबेला उनलाई वेब सिरिजको क्विन भन्न थालिएको छ ।

प्रकाशित : भाद्र २३, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?