कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

छुटे गोविन्द

काठमाडौँ — फिल्म ‘लिलिबिली’ को हिसाबलाई लिएर निर्माताहरुको एउटा पक्षले मुद्दा हालेपछि प्रहरी हिरासतमा परेका निर्माता एवं अभिनेता गोविन्द शाही अदालतको आदेशपछि छुटेका छन् । सर्वोच्च अदालतले बुधबार गरेको आदेशपछि उनी १४ दिन लामो हिरासतबाट मुक्त भएका हुन् ।

छुटे गोविन्द

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले ‘अदालतले अन्तरिम आदेश दिएको अवस्थामा पनि शक्तिको दुरुपयोग गर्दै आफूलाई गैरकानुनी हिरासतमा राखिएको’ बताएका छन् ।


शाहीसमेत निर्माता रहेको फिल्म ‘लिलीबिली’ दुई वर्षअघि नै प्रदर्शनमा आएको थियो । निर्मातामध्ये सुदिप खड्का र मिलन चाम्सले फिल्मको सेयर लुकाएको आरोप लाउँदै एक वर्षअघि नै महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए । त्यसको एक वर्षपछि सोही उजुरीका आधारमा प्रहरीले हिरासतमा लिएकोप्रति आश्चर्य प्रकट गर्दै शाहीले व्यक्तिगत मनमुटावलाई ठूलो इबीको रूपमा लिई गृह प्रशासनको दुरुपयोग गराएको आरोप लगाएका छन् । ‘विदेशी चलचित्रको दबदबा बढ्दै गइरहेको बेला यस्तो अस्वस्थ गतिविधिले नेपाली फिल्म उद्योगमा सकारात्मक सन्देश जाँदैन,’ उनले विज्ञिप्तमा भनेका छन्, ‘तर, अदालतको आदेशले न्याय मरेको छैन भन्ने अनुभूत गराएको छ ।’


प्रकाशित : भाद्र २१, २०७६ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?