सम्बन्ध लुकाए मात्र फिल्म

काठमाडौँ — हलिउड नायिका क्रिस्टन स्टेवार्टले हालैको एक म्यागाजिनसँगको अन्तरवार्तामा आफ्नो यौनिकतालाई गोप्य राखेमा मात्र मार्भल स्टुडियोले फिल्म दिने सर्त राखेको खुलासा गरेकी छन् । 

सम्बन्ध लुकाए मात्र फिल्म

कुनै बेला फिल्म द ब्याटम्यानका अभिनेता रोबर्ट प्याटिन्सनसँगको प्रेमसम्बन्धका कारण चर्चामा आउने क्रिस्टनले उक्त सम्बन्ध तोड्दै समलिंगी सम्बन्ध स्थापित गरेकी थिइन् । बेलायती म्यागाजिन हार्पर म्यागाजिनसँगको कुराकानीमा क्रिस्टनले भनेकी छन्, उनीहरूले मलाई प्रस्टै रूपमा यदि मैले सार्वजनिक रूपमा मेरी प्रेमिकाको हात समात्दै नहिँड्ने हो भने उनीहरूले मार्भल स्टुडियोको फिल्म दिने बताएका थिए । तर मलाई त्यस्तो सोचका मान्छेसँग काम गर्नै मन लागेन ।


नायिका क्रिस्टन यतिबेला भने अमेजन स्टुडियोको फिल्म शेवर्गमा देखिँदै छिन् । यौनिकताकै कारण देखाएर काममा गरिएको विभेदबाट रुष्ट देखिएकी नायिकाले रोबर्ट प्याटिन्सनसँग सम्बन्ध रहँदा भने यस्ता खाले घटना बेहोर्नु नपरेको जिकिर गर्दै भनिन्, रोब र म सम्बन्धमा छँदा यस्ता खालका उदाहरणको साक्षी कहिल्यै बन्नु परेन । सबै कुरा सहजतापूर्वक लिइन्थ्यो । यतिसम्म कि हाम्रो सम्बन्धले कुनै फरक नपर्ने भनिन्थ्यो । किनकि त्यो बेला सायद रोब केटा भएर पनि होला ।


क्रिस्टनले आफू वर्षौंदेखि यही क्षेत्रमा काम गरिरहेकाले पनि कसैसँग केही कुरा लुकाउन जरुरी नठानेको बताएकी छन् । भनेकी छन्, तर मलाई पुरातन सोच भएका केहीले यस्तो गर, उस्तो नगर, उज्ज्वल भविष्यका लागि यौनिकता लुकाउन दबाब दिइन्छ । उनीहरू केटीसँग डेट गएको हेर्न रुचाउँदैनन् र लेस्वियन भन्ने शब्दलाई त सुन्न पनि चाहन्नन् । हेटेरोसेक्सुअल त अझ परको कुरा ।

प्रकाशित : भाद्र २०, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?