कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नाटकपछि फिल्म ‘पानीफोटो’

काठमाडौँ — रंगमञ्च हुँदै फिल्मी दुनियाँमा छिरेका अभिनेता खगेन्द्र लामिछाने पटकथा लेखक पनि हुन् । अब भने उनी निर्देशनमा पनि होमिएका छन् । आफ्नै लेखन रहेको फिल्म ‘पानीफोटो’ लाई लामिछाने आफैंले निर्देशनसमेत गर्दै छन् ।

नाटकपछि फिल्म ‘पानीफोटो’

राजधानीको बंगलामुखी मन्दिरमा मुर्हुत गर्दै लामिछानेले ‘पानीफोटो’ युनिटलाई सुटिङ फ्लोरमा लगेका छन् । यसअघि नाटकको रूपमा मञ्चन भइसकेको ‘पानीफोटो’ लाई लामिछानेले फिल्मको स्वरुप दिन लागेका हुन् ।


फिल्मको घोषणा कार्यक्रममा जानकारी गराएअनुसार रंगकर्मीद्वय सुनील पोखरेल र निशा शर्मा पोखरेल अब फिल्ममा नहुने र उक्त स्थानमा अनुप बराल र मेनुका प्रधान थपिएका छन् । झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बाबुआमाको कथालाई ‘पानीफोटो’ ले प्रस्तुत गर्ने बताइएको छ ।


यसै शीर्षकमा दशक अघि नै गुरुकुलमा मञ्चन भइसकेको नाटकलाई अझै पनि सान्दर्भिक हुने ठहर गरी फिल्म बनाउन लागेको लामिछानेले बताए । फिल्मको एक दिनको छायांकन काठमाण्डूमा र बाकी स्याङ्जामा हुने बताइएको छ ।


‘पानीफोटो नाटकलाई फिल्म बनाउने मेरो सपना नै थियो । किनकी यो कथालाई म अझ धेरै दर्शकमाझ पुर्‍याउन चाहन्छु,’ खगेन्द्रले भने । फिल्मलाई टुकी आर्टस र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा रोजिना सिटौला र रवीन्द्र वज्राचार्यले संयुक्त रूपमा निर्माण गर्न लागेका हुन् ।


दीपक वज्राचार्यले खिच्ने फिल्मको सम्पादन निमेष श्रेष्ठले गर्ने छन् भने पार्श्व संगीत पुष्पा संगमको हुने छ । फिल्ममा प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहने छ ।

प्रकाशित : भाद्र १९, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?