कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गुरुङ फिल्मको अध्यक्षमा भोजबहादुर

आश गुरुङ

पोखरा — गुरुङ फिल्मकर्मीको संस्था गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को अध्यक्षमा भोजबहादुर गुरुङ निर्वाचित भएका छन् ।
पोखराको तमु प्ये ल्हु संघको भवनमा आयोजित संस्थाको छैटौं महाधिवेशनले अर्का प्रत्यासी राजबहादुर गुरुङ (राजेश) लाई हराउँदै भोजबहादुर अध्यक्षतमा निर्वाचित भएका हुन् ।

गुरुङ फिल्मको अध्यक्षमा भोजबहादुर

संस्था दर्ता भएको १ दशकको अवधिमा जिफानमा पहिलोपटक मतदान भएको हो । कुल २३ सदस्यीय समितिमा अध्यक्ष, महासचिव र गीत संगीत विभागमा शनिबार राति मतदान भएको थियो ।


समितिको प्रथम उपाध्यक्षमा गुञ्जबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा रेशम गुरुङ चयन भएका छन् । महासचिवमा मनोज गुरुङ निर्वाचित भएका छन् । अर्का प्रत्यासी पवित्रा गुरुङलाई हराउँदै मनोज महासचिवमा निर्वाचित भएका हुन् । सचिवमा तोलबहादुर गुरुङ (लवसन) चयन भएका छन् निर्वाचन मण्डलका अध्यक्ष माओत्से गुरुङले बताए ।


महिला विभाग प्रमुखमा ईन्द्रमाया , संघसस्था विभागमा गलबहादुर , भाषा संस्कृति विभाग प्रमुखमा गमबहादुर , प्रचारप्रसार विभागमा रमेश , निर्माता निर्देशक विभागमा सोम , गीतसंगीत विभागमा राजबहादुर , आर्थिक विभागमा अर्जुन र प्राविधिक विभाग प्रमुखमा सन्तोष ‘कोन्मे’ गुरुङ चयन भएका छन् । बजार व्यवस्थापन विभाग प्रमुखमा भने कसैको उम्मेदवारी नपरेको निर्वाचन मण्डलका अध्यक्ष माओत्से गुरुङले बताए ।


सदस्यमा ताराकुमारी, मनमाया, आइतराम र विश्वात्मा गुरुङ चयन भएका छन् । ८ सदस्य निर्वाचित गर्नुपर्नेमा ४ जनाले उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको छ । २३ सदस्यीय समितिमा उम्मेदवारी नपरेका ६ पद समितिले चयन गर्ने नवनिर्वाचित अध्यक्ष भोजबहादुर गुरुङले बताए ।

प्रकाशित : भाद्र १५, २०७६ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?