२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

उदितले गाए नेपालभाषाको गीत

काठमाडौँ — गायक उदितनारायण झाले नेपालभाषामा पहिलो पटक गीत गाएका छन् । उनले पत्नी दीपा झासँग नेपालभाषाको चलचित्र ‘छंगु जिगु माया रतन’ का लागि शीर्ष बोलको गीत गाएका हुन् । 

उदितले गाए नेपालभाषाको गीत

सुखावती मल्टी प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने नेपालभाषाको उक्त चलचित्रको गीत रेकर्डिङ र मिक्सिङ भारतको मुम्बईस्थित पञ्चम पोस्ट प्रोडक्सन एन्ड डिजिटल स्टुडियोमा गरिएको संगीतकार नील शाक्यले बताए । भूपेन्द्र वज्राचार्यको संगीत संयोजन रहेको उक्त गीतलाई दीपा महर्जनको एकल एल्बम ‘सरप्राइज’ मा पनि समावेश गरिने भएको छ ।


शाक्यका अनुसार यसअघि ३५ वटा भाषामा गीत गाइसकेका उदितले सबैभन्दा बढी भाषामा गीत गाएर गिनिज बुकमा नाम लेखाउने इच्छा राखेका छन् । लेखक तथा निर्देशक सुरेन्द्र तुलाधरले चलचित्रको छायांकन मंसिर पहिलो साता सुरु हुने बताए । चलचित्र विश्वरत्न तुलाधर, गोविन्द महर्जन र ह्वाइटहाउस बैंक्वेट्सको निर्माणमा तयार हुन लागेको हो ।

प्रकाशित : भाद्र १३, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?