कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पवनको ‘गुरुको भेट’

काठमाडौँ — गायक पवन गिरि ‘गुरुको भेट’ एल्बम लिएर पहिलोपटक दर्शकमाझ आउने भएका छन् । ‘मलाई एकछिन देउ‍‍..’ बोलको गीतमा न्हुँ बज्राचार्यको संगीत, दुर्गालाल श्रेष्ठको शब्द छ । 

पवनको ‘गुरुको भेट’

‘गीतको म्युजिक भिडियोसमेत तयार भइसक्यो’, रक गीतमा रमाउने दोलखाली गायक गिरिले भने ।


संगीतकार बज्राचार्यलाई गुरुको रुपमा श्रद्धा गर्दै उनले एल्बमको नामै ‘गुरुको भेट’ राखेको बताए । ‘नेपाल आइडल’को दोस्रो संस्करणमा गिरि रकस्टारका रुपमा दर्शकमाझ रुचाइएका थिए ।


म्युजिक भिडियोमा उनले कविता नेपालीसँगै आफैंले अभिनय गरेका छन् । भिडियोको निर्देशन भने लोकेश बज्राचार्यले गरेका छन् । र, क्रियटिभ डाइरेक्टरको भूमिकामा योपेश प्रधान छन् ।


लगत्तै टिका दाहालको संगीतको गीत ‘मेल्टरीको जुत्ता..’ सार्वजनिक गर्न लागेको जानकारी युवा गायकले दिए । उनी अस्ट्रेलिया, कोरिया लगायत देशका कन्सर्टमा पुगिसकेका छन् ।



प्रकाशित : भाद्र ३, २०७६ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?