कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मलाई नङ र कपालले आकर्षित गर्छ : सुनील थापा

महिलावार्ता
रामजी ज्ञवाली

काठमाडौँ — सुनील थापा नेपाली फिल्म उद्योगमा मात्रै होइन, बलिउडमा समेत नाम कमाएका अभिनेता हुन् । हालसम्म ३ सय बढी फिल्ममा काम गरिसकेका उनी दर्जनौं भुमिकामा देखिए । यद्यपी, उनलाई ‘रातो काँइला’ उपनामले धेरैले चिन्छन् । अधिकांश चलचित्रमा खलपात्रको भुमिकामा देखिएपनि यथार्थमा भने उनको स्वभाव त्यस्तो छैन । नजिकबाट निल्याल्नेहरु थापाको स्वभावको निकै प्रशंसा गर्छन् । सहयोगी स्वभाव र सकारात्मक सोच राख्ने सुनीलसँग यसपटकको ‘महिलावार्ता’ ।

मलाई नङ र कपालले आकर्षित गर्छ : सुनील थापा

संसारमा सबैभन्दा मिठो मुस्कान लाग्ने महिला ?

ठ्याक्कै यही महिलाको मुस्कान मिठो लाग्छ भनेर भन्न त सक्दिन । तर, कोही महिला रुन खोजिरहेका बेला अन्तिममा मुसुक्क मुस्कुराउँदा भने निकै मिठो लाग्छ । खासमा त्यो किसिमको मुस्कान निकै पावरफुल लाग्छ ।

सुरुमा युवतीलाई देख्दा तपाईंको आँखा कहाँ जान्छ ?

उनको अनुहारमा ।

युवतीको कुन अंगले तपाईंलाई आकर्षित गर्छ ?

मलाई नङ र कपालले धेरै आकर्षित गर्छ ।

जतिबेला कुरा भइरहने महिला ?

मेरो श्रीमती हो ।

तपाईंलाई सबैभन्दा धेरै माया गर्ने महिला ?

मेरो आमा (प्रमेश्वरी देवी) । सायद, संसारमा हरेक आमाले आफ्ना सन्तानलाई आफूलाई भन्दा धेरै माया गर्छिन्, यो कुरामा कुनै दुईमत छैन ।

कुनै महिलाका कारण जीवनमा परिवर्तन आएको महसुस गर्नुभएको छ ?

समाजसेवी मदर टेरेशा । सायद मदर टेराशाले प्रभाव पारेका मानिस धेरै हुनुहुन्छ ।

तपाईंको पालामा स्कुल पढ्ने बेला महिला साथीहरुसँग कत्तिको संगत हुन्थ्यो ?

खासै हुँदैन थियो । वास्तवमा म सानैदेखी लजालु स्भावको थिएँ । यहि स्वभावका कारण मसँग हेल्लो हाई गर्ने केटी साथीहरु समेत थिएनन् ।

पहिलोपटक डेट गएको युवती ?

आज पहिलोपटक यो कुरा भनिरहेको छु । म त्यतिबेला १५ वर्षको थिएँ । एकजना युवतीले निकै मन पराउँथिन । एकपटक उनले डेटिङकै प्रस्ताव गरिन् । मैले लाजकै कारण भेट्न गईन ।

भेटिएका महिलाहरुमध्ये सबैभन्दा सहयोगीको लाग्यो ?

श्रीमती रजनी थापा ।

कस्ता युवती देख्दा दिक्क लाग्छ ?

कुरा काट्दै हिँड्ने महिला मलाई मन पर्दैन । महिलाहरु गफको तालमा एकजनालाई दुईजनालाई तीनजनालाई गर्दै निकै सामान्य कुरा पनि गाउँभरी पुर्‍याउन सक्छन् ।

अहिलेसम्म कति युवतीलाई लभ लेटर लेख्नुभयो ?

अचम्मको कुरा हो, मैले लभ लेटर लेखेको याद छैन । बरु धेरै लेटर मैले पढ्ने मौका पाएको छु ।

संसारको सबैभन्दा आकर्षक लाग्ने युवती ?

प्रिती जिन्टा । मलाई उहाँ निकै मन पर्छ ।

कुनै युवतीले प्रस्ताव गरे भने डेटमा जान तयार हुनुहुन्छ ?

यस्तो कुरा त नभनौं क्यारे ।

कुनै महिलाका कारण आँसु बगेको क्षण छ ?

यो मामिलामा म संसारकै सबैभन्दा धेरै भाग्यमानी पुरुष हुँ । म महिलाकै कारण कहिल्यै रुनुपरेको छैन ।

अहिलेसम्म धेरै महिलासँग अभिनय गर्नुभयो, सबैभन्दा मन पर्ने अभिनेत्री ?

वास्तवमा कुनैपनि अभिनेत्रीलाई खोट लगाउने स्थान भेटेको छैन । तर, मैले सोचेभन्दा धेरै फरक पाएकी अभिनेत्री प्रियंका चोपडा हो । मैले सोचेको थिएँ, यो अभिनेत्रीले मलाई मतलब नराख्ने हो कि ? एटिच्युड देखाउने होला की ? नेपाली कलाकार भनेर हेप्ने पो हो कि ? तर त्यस्तो रहेनछ । वास्तवमा प्रियंका डाउन टु अर्थ लाग्यो । मैले मात्रै होइन, बलिउड र हलिउडमा उनि जम्नुको कारण पनि यहि स्वभावका कारण होला ।


प्रकाशित : भाद्र ३, २०७६ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?