एउटा खुट्टाको भरमा नाच्ने मीनालाई आर्थिक सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — एउटा खुट्टाको भरमा नृत्य गर्दै आएकी कोहलपुर, बाँकेकी मीना पुन मगरको संघर्षमा आधारित रहेर युगान्डाका चलचित्रकर्मी दिलमान दिलाले ६ वर्षअघि ‘द साउन्ड अफ वान लेग डान्सिङ’ (एकखुट्टे नाचको ध्वनि) डकुमेन्ट्री फिल्म निर्माण गरेका थिए ।

एउटा खुट्टाको भरमा नाच्ने मीनालाई आर्थिक सहयोग

नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव–२०१२ को जुरी अवार्ड जितेको यो फिल्म हेरेपछि मीनाको शुभचिन्तक बढे ।


डकुमेन्ट्रीमा उनले ‘कोरियोग्राफर र ब्युटिसियन बन्ने तीव्र इच्छा रहेको भए पनि आर्थिक अभावमा पूरा हुन नसकेको’ बताएकी थिइन् । यति बेला उनका शुभचिन्तकहरूले सहयोगी हात अघि बढाएका छन् । दुतबहादुर गर्बुजा पुन मगरको संयोजनमा बेलायतबाट संकलित ३ लाख ७१ हजार १ सय ४५ रुपैयाँ बुधबार हस्तान्तरण गरियो । चलचित्रकर्मी सञ्जोग लाफा मगरले ‘आत्मनिर्भर अभियान’ चलाए पनि उनकै पहलमा सहयोग जुटेको हो ।


बीएफबीएस रेडियो कार्यक्रममा उनै सञ्जोग र विनोद खड्काले रकम हस्तान्तरण गरे । मिगिन थापा मगरको संयोजनमा अमेरिकामा पनि आर्थिक संकलन भइरहेको सञ्जोगले बताए । दुई महिनाअघि बुबाको मृत्यु भएपछि आमा, बहिनी घर सम्हाल्नुपर्ने बाध्यतासँगै काठमाडौंमा आत्मनिर्भर बन्न उनी कोरियोग्राफर र ब्युटिसियन तालिम लिइरहेकी छन् ।

प्रकाशित : श्रावण ३०, २०७६ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?