१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

वर्ष दिन नपुग्दै छुट्टिए माइली–लिअम

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी गायिका तथा नायिका माइली साइरस र अस्ट्रेलियन नायक लिअम हेम्सवर्थको विवाह भएको वर्ष दिन पनि नपुग्दै सम्बन्धविच्छेद भएको छ । करिअर र आफ्ना लागि भन्दै दुवैले सहमतिमा सम्बन्ध टुंग्याउन मन्जुर भएको माइली नजिकको स्रोतले बताएको छ ।

वर्ष दिन नपुग्दै छुट्टिए माइली–लिअम

यो जोडी फिल्म ‘द हङ्गर गेम्स’ को छायांकनताका नजिकिएको थियो । जसमा हेम्सवर्थले अभिनय गरेका थिए । त्यसो त सन् २०१० मै दुवैले ‘द लास्ट सङ’ मा अभिनय गरेका थिए भने चिनापर्चीको सुरुवात त्यहीदेखि भएको थियो । त्यसपछिको एक दशक कहिले नजिक र कहिले टाढा हुँदै प्रेम सम्बन्ध बितायो ।


गत डिसेम्बरमा दुवैले विवाह गरेका थिए । माइली निकट स्रोतका अनुसार, वैवाहिक सम्बन्ध नरहे पनि उनीहरूले पालेका जनावरहरूको अभिभावकत्वका लागि दुवै जोडीका रूपमा भने रहिरहने बताइएको छ । साथै, दुवैले एकअर्काको गोप्यताको समेत सम्मान गर्नेमा सहमति जनाएका छन् ।


विवाह टुटेपछि मन बहलाउन घर पुगेका लिअमले डेली मेलका पत्रकारसँग छुट्टिनुको कारण अरूले बुझ्न नसक्ने भन्दै यसबारेमा कुरै गर्न नचाहेको बताए । माइलीले भने सम्बन्ध टुटेपछि ‘मन शान्त र आशावादी’ रहेको टिप्पणी गरेकी छन् ।

प्रकाशित : श्रावण २८, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?