१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘मिस इंग्ल्यान्ड–२०१९’ को सेकेन्ड रनरअप बनिन् प्रतिष्ठा

कान्तिपुर संवाददाता

लन्डन — बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस इंग्ल्यान्ड–२०१९’ मा नेपाली चेली प्रतिष्ठा ‘तृष’ राउत सेकेन्ड रनरअप बन्न सफल भएकी छन् । २२ हजार आवेदकमध्येबाट छानिएर फाइनल पुगेकी प्रतिष्ठाले बिहीबार साँझको ग्रान्ड फिनालेमा सेकेन्ड रनरअपको उपाधि जितेकी हुन् । न्यू क्यासल अपन टाइनमा ५४ प्रतिस्पर्धीबीच भएको फाइनलमा उनले ‘च्यारिटी क्वीन’ को उपाधि पनि पाइन् । 

‘मिस इंग्ल्यान्ड–२०१९’ को सेकेन्ड रनरअप बनिन् प्रतिष्ठा

मानसिक स्वास्थ क्षेत्रमा काम गर्ने च्यारिटी संस्थाका लागि उनले १० हजार ६ सय ३९ पाउन्ड संकलन गरेकी थिइन् । जुन रकम प्रतियोगीमध्ये सबैभन्दा उच्च हो । उनको सहयोगार्थ बेलायतको नेपाली समुदाय पनि जुटेको थियो ।


प्रतिष्ठाले खुसी ब्यक्त गर्दै जितले आफ्नो आत्मविश्वास अभिवृद्धि साथै महिला सशक्तिकरणमा लाग्न उत्प्रेरित गरेको बताइन् । उनले अहिले मानसिक स्वास्थ जटिल विषय भएको उल्लेख गर्दै भविष्यमा यही क्षेत्रमा काम गर्ने जनाइन् ।

अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा भूपू गोर्खा प्रकाश राउतकी छोरी हुन् ।


हङकङमा जन्मिएकी प्रतिष्ठा ५ वर्षको उमेरदेखि बेलायतमा छिन् । उनले १६ वर्षमै मोडलिङ थालेकी हुन् ।


युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरमा ब्याचलर उत्तीर्ण प्रतिष्ठा पेसाले प्लोर प्लान आर्किटेक्ट हुन् । उनले गत वर्ष बेलायतको चर्चित फार्नबोरो एयर शोको फ्लोर प्लान पनि गरेकी थिइन् । छिट्टै रेजिडेन्सियल हाउजिङ आर्किटेक्ट फर्म खोल्ने र मोडलिङ पनि एकसाथ अघि बढाउने उनले बताइन् ।

प्रकाशित : श्रावण १७, २०७६ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?