२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हलिउड अभिनेत्री मेरिल स्ट्रिपसँग डेट जान मन छ : अर्पण थापा

रामजी ज्ञवाली

काठमाडौँ — अभिनयमा अब्बल मानिएका अर्पण थापाको परिचय त्यतिमा मात्रै सीमित छैन । उनी लेखन र निर्देशनमा पनि उत्तिकै सक्रिय छन् । उनी निर्देशित चौथो फिल्म ‘घर’ गत शुक्रबारदेखि प्रदर्शन भैरहेको छ । अर्पण नेपाली चलचित्र उद्योगका आफ्नै बलबुतामा स्थापित भएका हुन् । रजतपटको यात्रामा उनले अनेकौं आरोह–अवरोह झेले पनि कहिल्यै रोकिएनन् । तीन दर्जन चलचित्रमा अभिनय गरिसकेका अर्पणसँग यसपटक रामजी ज्ञवालीले ‘महिलावार्ता’ गरेका छन् ।

हलिउड अभिनेत्री मेरिल स्ट्रिपसँग डेट जान मन छ : अर्पण थापा

अहिलेसम्म कस्ता–कस्ता महिलाहरुको संगत गर्नुभयो ?

जीवनकालमा धेरै प्रकारका महिलाहरु भेटिए । घरमा हजुरआमा, आमा, दिदी, बहिनीका व्यवहार, आफ्ना आफन्तमा रहनु हुने महिलाहरुको व्यवहार, स्कुल–कलेजमा भेटिएका युवती साथीहरुका व्यवहार । सबैको व्यवहार फरक थिए ।

अनि कलाकार भएपछि भेटिएका महिला पात्रहरुको व्यवहार अन्यभन्दा निकै फरक पाएँ । मैले के बुझें भने, हरेक महिलाहरुको व्यवहार एकै किसिमका नहुँदो रहेछ ।

जीवनमा पहिलोपटक महिलाको रुपमा चिनेको व्यक्ति ?

मेरो आमा नै हो ।

जीवनमा विशेष प्रभाव पार्ने महिला ?

मेरो बज्यै हो । म बच्चैदेखि दार्जिलिङमा पढें, त्यहि हुर्किएँ । उहाँसँगै बस्थें । त्यो क्रममा मैले बज्यैलाई नजिकबाट चिनेको छु । कडा मिहेनत गर्ने, मनमा लागेको कुरा फ्याट्टै बोल्ने, नढाँट्ने, छलकपट नगर्ने जस्ता स्वभाव असाध्यै मन परेको हो । उहाँबाट म सधैं प्रभावित छु ।

सबैभन्दा सहयोगी महिला ?

श्रीमती (निशा) नै हो । अहिले मलाई धेरै नेपालीले चिन्छन्, तर कुनै बेला मलाई नचिन्ने बेला, संघर्ष गरिरहेको बेलामा उनले निकै सहयोग गरेकी हुन् । पहिलेदेखि उनी टिचर हो, उनको कमाई हुन्थ्यो । तर, मेरो सुरुवाती अवस्थामा कमाइ भन्ने कुरा खासै हुँदैन थियो । त्यस्तो अवस्थामा उनले निकै सहयोगी साथिको भुमिका पनि निभाइन् ।

सबैभन्दा धेरै माया कुन महिलाको लाग्छ ?

बज्यै, आमा र मेरो श्रीमतीको ।

घृणा लाग्ने महिला ?

ठ्याक्कै त्यो महिलाको नाम भन्न चाहान्न । तर, कतिपय महिलाहरु हुनुहन्छ जसले आफूलाई सबैभन्दा उपल्लो दर्जामा राख्ने, मपाईं र देखावटी गर्नुहुन्छ । त्यस्ता महिला मलाई पटक्कै मन पर्दैन । अनावश्यक प्रशंसा खोज्ने महिलाहरुदेखि म सधैं टाढा रहने गर्छु ।

सबैभन्दा इरिटेड (झर्को) लाग्ने महिला ?

विषयभन्दा बाहिर गएर बोल्ने, अनावश्यक चासो राख्ने महिला देखेपछि असाध्यै झर्को लाग्छ ।

सपनामा आएर सताउने महिला ?

मेरो आमा (अनिता) हो ।

कल्पनामा आईरहने महिला ?

मेरो एकदमै ठुलो हलिउड अभिनेत्री मेरिल स्ट्रिप हो । मलाई एकदमै खतरा लाग्छ । सायद सबैभन्दा धेरै मन पराएकी युवती नै कल्पनामा आउँछिन् होला ? त्यो तपाईंले बुझ्नुस् ।

पहिलोपटक डेट गएको महिला ?

नाम नभनौं है । तर, धेरै वर्षअघिको कुरा हो, एकजना थिइन् ।

प्रेममा धोका दिने युवती ?

उनी नै हो ।

कुनै युवतीले कहिल्यै बिहेको प्रस्ताव गरिन् ?

नढाटेरै भन्ने हो भने मलाई कुनैपनि युवतीले बिहेका लागी प्रस्ताव गरेको थाहा छैन । मैले भने धेरैलाई प्रस्ताव गरेको छु ।

डेटमा जान मन लागेको युवती ?

हलिउड अभिनेत्री मेरिल स्ट्रिप ।

संसारकी सुन्दर महिला ?

हजुरआमा ।

चलचित्रहरुमा सर्वाधिक सुन्दर अभिनेत्री ?

मेरिल स्ट्रिप ।

जतिबेला पनि गफ भैरहने महिला ?

चलचित्रको काम भएका बेला आफ्नो चलचित्रको अभिनेत्री होला नत्र श्रीमती नै हो कि ।

सबैभन्दा मनपर्ने महिला नेतृ ?

इन्दिरा गान्धी ।

ड्रेस सेन्स भएकी महिला ?

पहिले पहिले त कमै मात्रामा भेटिन्थे । तर, अहिले त जो युवती पनि निकै सुन्दर भएर हिँड्छन् । अधिकांश युवती सुन्दर लाग्छ ।

सबैभन्दा धेरै झगडा कुन महिलासँग भयो ?

हजुरआमा नै हो । यति धेरै झगडा हुन्थ्यो कि कुरै नगरौं ।


प्रकाशित : श्रावण ७, २०७६ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?