कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

भेडीगोठको फिल्म

पोखरा — संस्कृतिलाई केन्द्रमा राखी गुरुङ फिल्म ‘मि न्होर्बे ट’ अर्थात् ‘आँखाभित्रको फूल’ बनेको छ । हालै पोखरामा सार्वजनिक फिल्मको प्रचार सामग्रीमा गुरुङ पोसाकमा सजिएकी युवतीको घाटु नाचेपछिको दृश्यलाई प्राथामिकतामा राखिएको छ ।

भेडीगोठको फिल्म

उनले प्राचीन परम्परा झल्किने क्राउन लगाएकी छन् । उनीसँगै एक युवक गोठालाको भेषमा छन् । उनले चाहिँ बरुवल भेडाको ऊनबाट निर्मित पुरानो बख्खु ओढेका छन् । पछिल्लो पंक्तिमा एकजना सहरिया युवकको बीचमा दुई जना गुरुङ पोसाकमा सजिएका युवती छन् ।


गुरुङ समुदायको मौलिक संस्कृति र आधुनिकीकरणबीचको द्वन्द्वलाई फिल्मले समेट्न खोजेको पोस्टरबाटै प्रस्ट हुन्छ । घाटु नाचपछि गोठालालाई राजा बनाइएको प्राचीन सन्दर्भसमेत समेटिएको फिल्म सांस्कृतिक धारमा बनेको निर्देशक उमानसिंह गुरुङले बताए । गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का पूर्वअध्यक्षसमेत रहेका मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले गुरुङ फिल्मले गुरुङ मौलिकता प्रवर्द्धन गर्ने दाबी गरे ।


फस्टलुकसँगै कार्यक्रममा फिल्ममा समेटिएको ‘गलबन्दीई चैंस्यो ङोल्स्यो...’ (गलबन्दीले तनौंला सोल्टिनी)’ बोलको भिडियो पनि सार्वजनिक गरिएको थियो । अर्जुन गुरुङ मुख्य सहायक निर्देशक रहेको फिल्ममा मुख्य पात्र मिस चितवन २०१७ का विजेता सुमन गुरुङ छन् । उनको यो डेब्यु फिल्म हो ।


भेंडीगोठालाका पात्र लमजुङमा खेमराज घले छन् । सुमित गुरुङ, एलिजा गुरुङ, पवित्र गुरुङ, विवेक गुरुङ, अमीर गुरुङ (बन्दीपुरे ठागु), धर्मदेव घले, आशिष गुरुङ, दुर्गा गुरुङलगायतले पनि अभिनय गरेका छन् । गुरुङ समुदायको उद्गम थलो मानिने लमजुङको क्व्होलासोंथरमा खिचिएको फिल्म ३५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको बताइएको छ ।

प्रकाशित : श्रावण २, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?