१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दिपाश्रीसँग ‘पुरुषवार्ता’, भन्छिन्– ‘मिल्ने भए दिपकसँग बिहे गर्थें’

रामजी ज्ञवाली

काठमाडौँ — हास्यव्यंग्य क्षेत्रमा चर्चित दिपाश्री निरौलाको नाम अहिले चलचित्र उद्योगमा छाएको छ । विसं २०४२ देखि रंगमञ्चबाट रंगीन जीवनको सुरुवात गरेकी उनले पहिलो पटक पुरुषको भेषमा नृत्य प्रस्तुत गरेकी थिइन् । ठुलो पर्दामा भने ‘नासो’ नामक चलचित्रबाट यात्रा थालेकी थिइन् । यद्यपी, टेलिफिल्म ‘तीतो सत्य’बाट उनले जति चर्चा कमाइन् त्यो भने अन्त कतैबाट पनि प्राप्त भएन ।

दिपाश्रीसँग ‘पुरुषवार्ता’, भन्छिन्– ‘मिल्ने भए दिपकसँग बिहे गर्थें’

उमेर ४० वसन्त पार गरिसकेपनि अविवाहित दिपाश्रीले कहिले बिहे गर्छिन् होला ? उनीसँगै यो प्रश्नको जवाफ छैन । पहिले टेलिसिरियल, अहिले चलचित्रमा व्यस्त दिपाश्रीसँग यसपटक निकै भिन्न विषयमा कान्तिपुर अनलाइनका लागि रामजी ज्ञवालीले वार्ता गरे– ‘पुरुषवार्ता’ ।


तपाईंको आँखाले देखेको पहिलो पुरुष ?

  • बुबा ।

जीवनमा विशेष प्रभाव पारेको विशेष पुरुष ?

  • दिपकराज गिरी ।

अहिलेसम्म भेटेकोमध्ये सबैभन्दा सहयोगी पुरुष?

  • जिवनमा सहयोगीपुरुष धेरै भेटिए । तर, दिपकराज गिरी, केदार घिमिरे (माग्ने बुढो), जितु नेपाललगायतको नाम लिन सक्छु । एउटाको नाम भन्न गाह्रै पर्‍यो ।

सबैभन्दा धेरै माया लाग्ने पुरुष?

  • बुबा ।

जहिले पनि घृणा लाग्ने पुरुष ?

  • घृणै लाग्ने पुरुष त छैनन् । सकेसम्म मिल्न खोज्ने स्वभाव भएकाले होला त्यस्तो पात्र भेटिएको छैन ।

सबैभन्दा धेरै झर्को लाग्ने पुरुष?

  • व्यस्त भएका बेला फेसबुक म्यासेन्जरमा कल गरिरहने सँग निकै इरिटेड लाग्छ । उहाँहरुले फ्यान हो भन्नुहुन्छ । अनि इग्नोर गर्ने भनेर थर्काउनुहुन्छ । सकेसम्म सम्झाएको छु । नसकिएकालाई ब्ल्क गर्दिएकी छु । यस्ता पात्र धेरै हुनुहुन्छ ।

सबैभन्दा धेरैपटक सपनामा आएको पुरुष?

  • केही वर्ष अघिसम्म राजेश हमाल सपनामा असाध्यै आउनुहुन्थ्यो । अहिले कहाँ जानुभएछ कुन्नी ? तर, आजभोली दिपक नै बढी सपनामा आइरहेको हुन्छ ।

जहिले कल्पनामा आइरहने पुरुष?

  • कल्पनामा आइरहने पुरुष छैन । त्यस्तो पुरुष भेटिएको खण्डमा सायद बिहे नै हुन्थ्यो होला ।

पहिलोपटक डेट गएको पुरुष?

  • नाम भन्न त मिल्दैन । उसको बिहे भैसक्यो । नाम भन्ने हो भने अहिले मिलेर बसिरहेको उनिहरुको दाम्पत्य जीवनमा असर पर्ला फेरी ।

प्रेममा धोका दिएको पहिलो पुरुष?

  • मसँग पहिलोपटक डेटमा जानेले नै मलाई प्रेममा धोका दियो र अरुसँग बिहे गर्‍यो ।

पहिलोपटक लभ लेटर लेखेको पुरुष?

  • उही नै । ४५ सालतिर होला सायद । त्यो लेटरको अहिले पनि धेरै सम्झना आउँछ ।

पहिलोपटक बिहेको प्रस्ताव गर्ने पुरुष?

  • उसैले मलाई बिहेको प्रस्ताव गरेको थियो । केहि कारणले बिहे गर्न मिलेन । अनि उसले आफ्नो बाटो मोड्यो ।

डेटमा जान मन लागेको पुरुष ?

  • अलिकति अघिसम्म अमिताभ बच्चनसँग डेटमा जान असाध्यै मन लाग्थ्यो । आजभोली शाहरुखको भुत चढिरहेको छ । आइएफा अवार्ड भयो भने भेट भइहाल्छ कि भन्ने लाग्याथ्यो । त्यो पनि नहुने भइहाल्यो ।

बिहे गर्न मन लागेको पुरुष?

  • दिपकराज गिरी । तर, के गर्नु उहाँको बिहे भैसकेकोको छ । मिल्दैन ।

संसारमै सबैभन्दा हेण्डसम लागेको पुरुष?

  • सलमान खान ।

हेरेका चलचित्रमा सबैभन्दा मनपर्ने पुरुष क्यारेक्टर ?

  • मिथुन चक्रवर्ती ।

सबैभन्दा मनपर्ने पुरुष निर्देशक?

  • निश्चल बस्नेत ।

तपाईंले पढेका पुस्तक भित्र सबैभन्दा मन परेको पुरुष पात्र?

  • वीपी कोइराला ।

निरन्तर जति बेला पनि संवाद हुने पुरुष?

  • दिपकराज गिरी ।

सबैभन्दा मनपर्ने पुरुष नेता?

  • केपी र प्रचण्ड । उनिहरु दुवै मलाई असाध्यै मनपर्ने नेता हो ।

ड्रेससेन्स भएको ह्याण्डसम पुरुष?

  • भुवन केसी ।

सेन्स अफ ह्युमर भएको पुरुष?

  • निर शाह ।

केटाकेटीमा सबैभन्दा धेरै खेलेको पुरुष?

  • विशाल थापा र राकेश निरौलाको नाम अहिले पनि सम्झनामा छ ।

जीवनमा पहिलोपटक तपाईंको झापड खाने पुरुष?

  • मेरो भाइ गोपाल निरौला ।


प्रकाशित : असार ३१, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?