कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

रेखाको फिल्ममा रेनशा

काठमाडौँ — महिला सशक्तिकरणका विषयमा फिल्म निर्माण गर्दै आएकी अभिनेत्री रेखा थापाले पछिल्लो पटक ‘मालिका’ निर्माण, निर्देशनसँगै अभिनय पनि गरेकी थिइन् । फिल्मले भने आशातित सफलता पाउन सकेको थिएन ।

रेखाको फिल्ममा रेनशा

यति बेला भने अभिनेत्री थापाले निर्देशनको बागडोर रेनशा वान्तवा राईलाई सुम्पिएर नयाँ फिल्म निर्माणको घोषणा गरेकी छन् ।


हरिशयनी एकादशीको दिन पारेर रेखाले रेनेशालाई निर्देशकका रूपमा अनुबन्ध गरेकी हुन् । मल्टिस्टारर फिल्म हुने बताइएको उक्त फिल्मको पटकथा लेखन कार्य अन्तिम चरणमा रहेको बताइएको छ ।


फिल्मको नाम र कलाकार भने सार्वजनिक गरिएको छैन । रेखा फिल्मस्कै ब्यानरबाट यसअघि ‘लाल मस्तिष्क’ निर्माणको घोषणा गर्दै सम्झना उप्रेती रौनियारलाई अनुबन्ध गरिएपनि रौनियारले छायांकनमा जानु अगावै उक्त फिल्म छोडेकी थिइन् भने ‘हिम्मतवाली’ मा पनि निर्देशक श्याम भट्टराईले असन्तुष्ट हुँदै छायांकनको बीचमै फिल्म छोडेपछि रेखा आफैँले निर्देशन गरेकी थिइन् ।


कोरियोग्राफरमा राम्रो छवि बनाएकी रेनेशाले भने फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ बाट गतवर्ष निर्देशनमा डेब्यू गरेकी थिइन् भने दोस्रो प्रोजेक्टका रूपमा ‘आई एम ट्वान्टी वान’ निर्देशनको घोषणा गरेकी थिइन् । अब सम्भवतः रेनेशाले रेखाको फिल्म अगाडी गर्नेछिन् । उक्त फिल्मको छायाङ्कन मंसिरदेखि सुरु हुने बताइएको छ । फिल्मको पटकथा अभिमन्यु निरबीले लेखिरहेका छन् ।

प्रकाशित : असार २७, २०७६ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?