१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

‘सानो मन’ लाई प्रिमियरमा प्रशंसा

काठमाडौँ — सार्वजनिक प्रदर्शनको पूर्वसन्ध्या पारेर बिहीबार सााझ राजधानीको कुमारी हलमा आयोजित फिल्म ‘सानो मन’ को प्रिमियरमा उपस्थितबाट प्रशंसा पाएको छ । झन्डै पाँच सय जनाको उपस्थिती रहेको प्रिमियरमा नेपाली फिल्म, संगीत क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती थियो ।

‘सानो मन’ लाई प्रिमियरमा प्रशंसा

प्रिमियरपछि पाएको प्रतिक्रियाले उत्साहित भएको उक्त फिल्मका निर्देशक सुयोग गुरुङ्गले बताए । निर्देशक गुरुङ्गले भने,‘फिल्म हेरेपछि पाएको प्रतिक्रियाले मलाई ‘नर्भस’ बनाएको छ । मेहनतको कदर भएको ठानेको छु । मैले राम्रै काम गरेको रहेछु की भन्ने महशुस भयो ।’


गुरुङ्गको डेब्यू निर्देशन रहेको फिल्ममा आयुष्मान देशराज जोशी र शिल्पा मास्के मुख्य भुमिकामा रहेका छन् । यसअघि ‘द ब्रेकअप’ र ‘कागजपत्र’ गरिसकेकी नायिका मास्केले ‘सानो मन’ मा अनपेक्षित रुपमा निर्देशकले राम्रो काम गरेको प्रीमियरमा आफ्नै फिल्म हेरेपछि बताइन् । भनिन्, ‘सुयोगबाट मैले यति अपेक्षा नै गरेको थिइन तर म फिल्म हेरेपछि नर्भस छु । यो सफलताको प्रमुख श्रेय निर्देशकलाई नै जान्छ ।’ नायक जोशीले पनि निर्देशकको कन्फिडेन्स हेर्दै नयाा भन्ने नलाग्ने प्रतिक्रिया दिए ।


‘म्यूजिकल लभ स्टोरी’ मा आधारित उक्त फिल्मले खासगरी युवाहरुको मनोविज्ञानलाई यथार्थपरक शैलीमा प्रस्तुत गरिएको छ । फिल्ममा आयुष्मान र शिल्पासहित सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देवकुमार श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


आलोक शुक्लाको छायांकन रहेको फिल्मलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ । योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के मित्तल र राजेन्द्र मानन्धरको संयुक्त लगानी रहेको फिल्ममा रित बोहरा मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।

प्रकाशित : असार २७, २०७६ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?