किड भर्सनमा छाउँदै

काठमाडौँ — आठ वर्षकै उमेरमा मेलिना राईको ‘तिमीले बाटो फेर्‍यौ अरे...’ गीतको किड भर्सन गाएर युट्युबमा हिट भएकी थिइन् जिग्मे छ्योकी घिसिङ । त्यसपछि उनले लगातार ‘ठूलालाई आदर...’, ‘यो नाता...’, ‘हाम्रो यी साना आँखामा...’ लगायतका गीत गाइन् ।

किड भर्सनमा छाउँदै

युट्युब सर्च गर्दा यी बालगायिकाले रसुवा–धादिङतिर प्रचलित लोकभाका ‘म्हेन्दोमाया...’ गाएको पनि भेटिन्छ । यति बेला भने १२ वर्षीया यिनले फेरि मेलिनाकै स्वर रहेको ‘तिमीले बाटो फेर्‍यौ अरे–२’ को किड भर्सन गाएकी छन् । केही दिनअघि मात्रै युट्युबमा अपलोड गरिएको भिडियोसहितको गीतले सवा तीन लाख बढी भ्युअर्स पाइसकेको छ । उनको पुरानो गीतको भ्युअर्सचाहिँ झन्डै ६७ लाख पुगेको छ ।


गीत मन परेर फेरि किड भर्सन गाएको जिग्मेले बताइन् । दर्पण राईको रचना र विक्रम राईको संगीत रहेको गीतको प्रेमका सन्दर्भ समेटिएको छ । हाल ६ कक्षा अध्ययनरत जिग्मेले केही फिल्मसमेत खेलेकी छन् । संगीतकार चण्डीप्रसाद काफ्लेसित संगीत शिक्षा लिइरहेकी जिग्मेको पछिल्लो गीतलाई तारिफ १५ हजार जनाले लाइक गरेका छन् भने १ हजार ९१ जनाले युट्युबमा प्रतिक्रिया दिएका छन् ।


प्रकाशित : असार १९, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?