कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

'कबिर सिंह' को सफलतापछि शाहिद कपुरको पारिश्रमिक २१ करोड

एजेन्सी

मुम्बई — भारतीय सिने उद्योगमा अभिनेता शाहिद कपुर अभिनित चलचित्र 'कबिर सिंह' ले धुम मच्चाइरहेको छ । रिलिजको ११ दिनमा चलचित्रले १९० करोड भारु कलेक्सन गरिसकेको छ । फिल्मले २ सय करोड भारु 'कलेक्ट' गर्ने निश्चित प्रायः छ ।

'कबिर सिंह' को सफलतापछि शाहिद कपुरको पारिश्रमिक २१ करोड

६० करोडको लगानीमा बनेको फिल्मले ३ सय प्रतिशत मुनाफा दिन्छ भने शाहिदको पारिश्रमिक नबढ्ने त कुरै भएन।त्यही भएर निर्मताहरु उनीमाथि लगानी गर्न इच्छुक छन् ।

लामो समयपछि सोलो हिट चलचित्र दिएका शाहिदले आफ्नो पारिश्रिमक बढाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 'पद्मावत' र 'कबिर सिंह' को सफलतापछि शाहिद बलिउडमा छाएका छन्।


धेरै निर्मताहरुले उनलाई फिल्मका लागि अफर गरिरहेका छन् । समाचारका अनुसार शाहिदले आफ्नो पारिश्रमिक बढाएर २१ करोड भारु पुर्याएका छन् । 'कबिर सिंह' भन्दाका अघिल्ला फिल्महरुमा शाहदिले एउटा चलचित्रमा अभिनय गरे बापत १० देखि १५ करोड भारु पारिश्रमिक लिदै आएका थिए ।


शाहिद यतिबेला करण जोहरको धर्मा प्रोडक्सनले निर्माण गर्न लागेको एक चलचित्रमा अनुबन्धित भइसकेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । शाहिदको सन् २००३ को 'इश्क भिस्क' चलचित्रबाट बलिउडमा प्रवेश गरेका थिए ।


यो पनि पढ्नुहोस्ः

'कबिर सिंह' को पहिलो हप्ताको कमाइ १३४ करोड भारु

प्रकाशित : असार १८, २०७६ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?