कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मितेरी साँझमा रेशम फिरिरि...

काठमाडौँ — चिनियाँ कलाकारले ‘रेशम फिरिरि...’ गाउँदा नेपालीले ताली नबजाउने कुरै भएन । बुधबार राजधानीमा चीनको नानजिङ सहरका कलाकारले आकर्षक नृत्य मात्रै हैन, नेपाली गीतसमेत गाए ।

मितेरी साँझमा रेशम फिरिरि...

‍काठमाडौं महानगर र नानजिङ सहरबिच संस्कृति, सभ्यता र सम्पदाजन्य ज्ञान आदानप्रदानका लागि मितेरी सम्बन्धको सम्झौता गरिएको कार्यक्रममा ‘आजका हामी कोपिला...’ लगायत नेपाली गीत गाएका हुन् ।


नानजिङ लिटिल रेड फ्लावर आर्ट ग्रुपका कलाकारले ३६ प्रकारका हातका मुद्राहरूमार्फत प्रस्तुत गरेको परम्परागत चिनियाँ नृत्य ‘टुङ हु आङ’ पनि लोभलाग्दो थियो । कलाकारले यसबाहेक एक दर्जन प्रस्तुति दिएका थिए ।

प्रकाशित : असार १२, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?