लोक स्टार बिहीबारदेखि

काठमाडौँ — देशभरका सातै प्रदेशबाट छानिएका लोकदोहोरी गायकगायिकाहरूको प्रतिस्पर्धात्मक टीभी रियालिटी सो नेपाल लोक स्टार बिहीबारदेखि सुरु हुने भएको छ ।

देशभरबाट खुल्ला अडिसनबाट आएका ३ सय ५० प्रतिस्पर्धीबाट जज अडिसनदेखि मेगा अडिसन हुँदै अन्तिम प्रतिस्पर्धाका लागि निर्णायकले २५ जनालाई छनोट गरेको आयोजकले जनाएको छ ।


प्रतियोगितामा प्रथमले ५० लाख रुपैयाँ र द्वितीय, तृतीयले क्रमशः २५ लाख र १० लाख रुपैयाँ पुरस्कारसहित तीनै विजेतालाई एल्बमको सम्झौता दिइने छ । नेपाल लोक स्टार छनोटका लागि जयनन्द लामा, बीबी अनुरागी, सुनीता दुलाल र रामजी खाँड निर्णायकका रूपमा रहेका छन् ।

प्रकाशित : असार ८, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?