कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

यस्तो रह्यो आलियाको ७ वर्षे बलिउड यात्रा 

काठमाडौँ — अभिनेत्री आलिया भट्टले बलिउडमा प्रवेश गरेको ७ वर्ष पुरा भएको छ । 'स्टुडेन्ट अफ द इयर'बाट बलिउडमा डेब्यु गरेकी आलिया बलिउडमा धेरै पारिश्रमिक लिने अभिनेत्री भित्र पर्छिन् । सन् २०१६ मा रिलिज भएको 'उड्दा पञ्जाब' र २०१८ को 'राज्जी'मा गरेको अभिनयले उनलाई दुईवटा उत्कृष्ट अभिनेत्रीको अवार्ड दिलायो । 

यस्तो रह्यो आलियाको ७ वर्षे बलिउड यात्रा 

छोटो समयमा नै बलिउडमा स्थापित भएकी यी अभिनेत्री फिल्म निर्देशक महेश भट्टकी छोरी हुन् । सन् २०१२ देखि बलिउडमा डेब्यू गरेकी आलिया उमेरले २६ वर्ष पुगिन् । लाखौँ समर्थक कमाएकी आलियाले बलिउडमा धेरै हिट फिल्महरू दिएकी छन् । कम उमेरमा नै धेरै सफलता हासिल गर्ने अभिनेत्रीभित्र पर्ने आलियाले तीनवटा फिल्म फेयर अवार्ड जितिसकेकी छन् । मुम्बईमा जन्मिएकी यी अभिनेत्रीले बेलायती नागरिता लिएकी छन् ।


उनी सन् २०१४ देखि फोर्ब्स इन्डियाको टप १०० सेलिब्रेटीभित्र अटाउँदै आएकी छन् । सन् २०१७ मा फोर्ब्सले आलियालाई ३० वर्षमुनिका प्रभावशाली ३० सेलिब्रेटीभित्र समावेश गरेको थियो ।


'राज्जी', 'कलंक' जस्ता चलचित्रमा उनले गरेको अभिनयको चौतर्फी चर्चा र सफलताले पनि आलियाको करियरलाई थप उचाइ थपेको टाइम्स अफ इन्डियाले लेखेको छ । अचेल बलिउडमा धेरै नाम आउने अभिनेत्री मध्ये आलियाको नाम आउने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


सफलताको शिखरमा चुमिरहँदा आलिया भने यसमा आफू धेरै खुसी नहुने बताउँदै अझ बढी मिहिनेत जरुरी रहेको बताएकी छन् । करियरको दौरान राम्रो र नराम्रो समय हुने बारे आफू जानकार रहेको उनले बताउने गरेकी छन् ।


केही समयअघि एक कार्यक्रममा उनले आफ्नो बलिउड यात्राको बारेमा उल्लेख गरेकी थिइन् । फिल्म छनौटमा आफूले केही परिवर्तन गरेको उनले बताइन् । फिल्म छनौट गर्दा समय व्यवस्थापन र त्यही अनुसारको तयारी गर्नुपर्ने हुँदा आफूले ध्यान दिने गरेको बताइन् । यो वर्ष मात्रै आलियाको दुवै चलचित्र हिट भएका छन् । उनको अभिनय रहेको 'गली ब्वाई' र 'कलंक' ले राम्रै सफलता हात पारे ।


आलिया यति बेला प्रेमी रणवीर कपुरसँग 'ब्रम्हाश्त्र' चलचित्रको छायांकानमा व्यस्त छिन् । सन् २०१२ यता उनको अभिनय गरेको चलचित्रको संख्या १८ वटा पुगेको छ । सन् २०२० मा उनको अभिनय रहेको 'ब्रम्हास्त्र', 'सडक-२' र 'आरआरआर' रिलिज हुँदैछन् । आलियाले सन् १९९९ को 'संघर्ष' मा बाल कलाकारको रूपमा पनि काम गरेकी थिइन् ।

-एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्ः

आलियाको रफ्तार

आलियाको रणवीर सपना

प्रकाशित : असार ३, २०७६ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?