१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पेरिसमा ढोरपाटन

ददि सापकाेटा

फ्रान्स — फ्रान्सेली फोटोग्राफरहरूले नेपालको ढोरपाटनका विभिन्न तस्बिरको एकहप्ते फोटो प्रदर्शनी सुरु गरेका छन् । गत बुधबारदेखि राजधानी पेरिसमा सुरु प्रदर्शनीमा ढोरपाटनको हिमाली क्षेत्र, स्थानीय जनजीवन र संस्कृति समेटेर खिचिएका तस्बिर राखिएका छन् । 

पेरिसमा ढोरपाटन

आमी द ढोरपाटन (ढोरपाटनका मित्र) ले गरेको प्रदर्शनीमा फोटो पत्रकारद्वय लियोनेल सिमोँ र लेया सिलिआर्डले खिचेका तस्बिर छन् । ढोरपाटन नेपालको सुन्दर र रमयणीय क्षेत्र भए पनि फ्रान्सेलीमा पर्याप्त जानकारी नभएकाले प्रदर्शनी गरेको फोटोग्राफर सिमोनले बताए । ‘यो क्षेत्रको जनजीवन, मिलनसार नेपाली स्वभाव र प्राकृतिक सुन्दरताले निकै प्रभावित पार्‍यो,’ उनले भने, ‘फ्रान्सेलीहरूले यो थलो अझै चिन्नुपर्छ ।’


फोटो प्रदर्शनी गर्ने संस्था आमी द ढोरपाटनले त्यहाँको आलु उत्पादन प्रवर्द्धनसमेत गर्दै आइरहेको छ । संस्थाकी प्रमुख कोराली दिएबोले ढोरपाटनकै आलु बिक्री गरेर आएको रकमले त्यहाँको स्कुल, धारापानी र अन्य स्थानीय विकासको काम गर्दै आएको बताइन् । बिहान १० बजेदेखि चल्ने फोटो प्रदर्शनीमा फ्रान्सेलीहरूको राम्रो उपस्थिति छ । प्रदर्शनी मंगलबारसम्म जारी रहने छ ।

प्रकाशित : असार ३, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?