कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

स्तुति मिस एसईई चितवन

चितवन — स्तुति श्रेष्ठ मिस एसईई चितवन–२०१९ को विजेता भएकी छन् । भरतपुर महनगरपालिका–१० की स्तुतिले स्मल हेवन इङलिस स्कुलबाट एसईई दिएकी छन् । शुक्रबार साँझ भएको फाइनलमा अन्य २२ प्रतिस्पर्धीलाई उछिन्दै उनी ताज पहिरन सफल भएकी हुन् ।

प्रतियोगिताको फस्ट रनर अप खैरहनी–१३ की स्मृति भण्डारी र सेकेन्ड रनर अप भरतपुर–१२ की सोफिया डल्लाकोटी भएका छन् । मिस एसईईले ताजसहित १५ हजार नगद प्राप्त गरिन् ।


त्यसैगरी विजेता र दुई उपविजेताले गैंडाकोटको अक्सफोर्ड कलेज वा काठमाडौंको गोल्डेनगेट कलेजमा कक्षा ११ मा भर्ना भएर पढेमा शतप्रतिशत छात्रवृत्ति पनि पाउनेछन् । नेपाल डायरिज प्रालिको संयोजनमा भएको यो मिस एसईई चितवनको तेस्रो संस्करण हो । वैशाख ७ गते भएको अडिसनमा ६५ जना सहभागी थिए । त्यसपछि प्रतियोगिताका लागि २२ जना छनोट भएका थिए । प्रतियोगितामा अन्य १२ विभिन्न विधामा विजेता भएका छन् । उनीहरूले ३० प्रतिशत छात्रवृत्ति पाउनेछन् ।

प्रकाशित : जेष्ठ २७, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?