कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सन् २०१८ मा चलचित्र प्रचारमै भारतमा ६ अर्ब ६ करोड भारु खर्च

काठमाडौँ — भारतमा सन् २०१८ मा एक हजार ८७ वटा चलचित्रहरु रिलिज भए । जसमध्ये आयुष्मान खुराना, अक्षय कुमार र रणवीर सिंहका चलचित्र चम्किए ।

सन् २०१८ मा चलचित्र प्रचारमै भारतमा ६ अर्ब ६ करोड भारु खर्च

हलिउडपछिको ठूलो सिने उद्योग बलिउडमा चलचित्र प्रसारप्रसारका लागि करोडौं भारु खर्च हुने गरेको छ । भारतमा चलचित्रको प्रचारप्रसारको व्यापार ठूलो छ । सो-बीजको दोस्रो संस्करणमा ग्रपएम ईएसपीले निकालेको एक रिपोर्टमा सन् २०१८ मा चलचित्रको प्रचारप्रसारमा मात्रै भारतमा ६ सय ६ करोड भारु खर्च भयो ।

उक्त रकम मध्ये टेलिभिजन मार्केटिङमा २ सय ८५ करोड , डिजिटल मार्केटिङमा १ सय ७० करोड रुपैयाँ खर्च भएको जनाउदै भारतीय अनलाईन कोइमोइले जनाएको छ । २ सय ८५ करोड मध्ये ७९ प्रतिशत बलिउड चलचित्र र १८ प्रतिशत हलिउड चलचित्रको प्रचारप्रसारमा खर्च भएको थियो ।

सफल भएका चलचित्रहरुले औसतमा ६ करोड ३३ लाख खर्च गरेको उक्त अनलाईनले जनाएको छ । यस्तै सन् २०१८मा फिल्म रिलिज १४ प्रतिशतले बढेको छ । सन् २०१७ मा ९ सय ५१ चलचित्र रिलिज भएका थिए ।


केही चलचित्रहरुले विज्ञापनमा कम खर्च गरेपनि राम्रो आम्दानी गरेका थिए । आयुष्मान खुरानाको 'बधाई हो', रणवीर सिंहको 'सिम्हा' र 'पद्मावत', टाइगर श्राफको 'बाग्गी-२',अक्षय कुमार र रजनीकान्तको '२‍.०' ले विज्ञापनमा कम खर्च गरेपनि हिट भएका थिए ।


नेपालमा चलचित्र प्रचारप्रसारको व्यापार वार्षिक रुपमा १० करोडको हाराहारीनमा हुने अनुमान छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?