१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

आलिया मस्ट डिजाएरेबल

काठमाडौँ — द टाइम्स मस्ट डिजायरेबल वुमन’ को वर्ष २०१८ को उत्कृष्ट ५० को सूचीमा बलिउड अभिनेत्री आलिया भट्ट पहिलो नम्बरमा आएकी छन् ।

गतवर्ष आलियालाई एउटै फिल्म ‘राजी’ ले अभिनेत्रीमा फिल्मफेयर अवार्ड दिलाएको थियो भने सोही वर्ष रिलिज भएको ‘जिरो’ मा विशेष भूमिकामा देखिएकी थिइन् ।


यस वर्ष पनि उनलाई ‘गल्ली ब्वाय’ ले सफलता चखाउँदा बक्सअफिसमा असफल सावित ‘कलंक’ ले भने उचाइ दिन सकेन । तैपनि उनी वर्षभर फिल्म, गसिप र रणवीर कपुरसँगको प्रेम सम्बन्धका कारण मिडियामा छाइरहिन् ।


अनलाइन भोटिङ र आन्तरिक निर्णायकले दिएको मतका आधारमा टाइम्सले बर्सेनि उक्त सूची सार्वजनिक गर्दै आएको छ । २०१७ मा ३७ औं स्थानमा रहेकी आलियाले यसपटक ठूलो छलाङ मार्दै पहिलो स्थानमा कब्जा जमाएकी हुन् । नवप्रवेशीकै रूपमा २०१७ की मिस वर्ल्ड मानुषी छिल्लर अघिल्लो पटक मस्ट डिजाइरेबल बनेकी थिइन् भने यसपटक सोही सूचीको १७ औं स्थानमा झरेकी छन् ।


बरु नवप्रवेशीकै रूपमा मोडल मिनाक्षी चौधरी भने यसपटक दोस्रो नम्बरमा आएकी छन् । उनले कट्रिना कैफलाई तेस्रो तथा दीपिका पादुकोणलाई चौथो नम्बरमा छोडेकी हुन् । दीपिका यसअघि सूचीको दोस्रो प्रिय महिला बनेकी थिइन् । त्यसबाहेक बलिउड अभिनेत्रीहरू अदिति राव हैदरी छैटौं, जैकलिन फर्नाडिज आठौं, दिशा पाटनी नवौं हुँदै टप टेनमा अटाएका छन् ।


त्यसैगरी, टाइम्सको पुरुषतर्फको मस्ट डिजाइरेबलमा यसपटक ‘उरी’ अभिनेता विक्की कौशल आएका छन् । उनी ‘राजी’ मा पनि इक्वाल साइदको भूमिकामा देखिएका थिए । विक्कीले भने आफू पहिलो नम्बरमा आएको थाहा पाउँदा ‘सक्ड’ भएको प्रतिक्रिया दिएका छन् ।


‘म त यो थाहा पाएर सक्ड नै भएँ । पहिलो त उक्त लिस्टमा पर्नु र सँगसँगै एक नम्बरमा पनि आउनु, मेरा लागि त निकै आश्चर्यको कुरा बन्यो । मलाई थाहा छैन, जनताले ममा के देखे र एक नम्बरका लागि लायक सम्झिए,’ विक्कीले भनेका छन् । जब कि उक्त सूचीको तेस्रो नम्बरमा अभिनेता रनवीर सिंह र क्रिकेटर विराट कोहली पाचौं स्थानमा परेका थिए ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?