२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

टुबोर्ग ओपनमा क्लिन ब्यान्डिट

काठमाडौँ — टुबोर्ग ओपनको उद्घाटनका लागि ग्रामी अवार्ड विजेता गायक क्लिन ब्यान्डिट नेपाल भ्रमणमा आएका छन् । उनले शनिबार राजधानीको होटल सोल्टी क्राउन प्लाजास्थित प्रिभे नेपालमा आयोजित कार्यक्रममा नेपाली गायक नितेशजंग कुँवरसँगै प्रस्तुति दिनका हुन् । कार्यक्रमपछि दुवैले संगीतप्रेमीसँग अन्तरक्रिया गरेका थिए । 

टुबोर्ग ओपनमा क्लिन ब्यान्डिट

टुबोर्गले सामाजिक सञ्जालमा डिजिटल अभियान सञ्चालन गरी इच्छुकलाई कार्यक्रममा सहभागी गराएको थियो । नितेशजंगले ब्यान्डिटलाई काठमाडौं भ्रमणसमेत गराएका थिए । ब्यान्डिटले नेपालमा नितेशजंगसँग बिताएका रमाइला अनुभव झल्काउने गरी नयाँ ट्र्याकका लागि सांगीतिक सहकार्य गर्ने बताइएको छ ।


नेपाल भ्रमणका लागि आएका अर्का ज्याक प्याटेरसनले स्थानीय संगीत र संस्कृतिबारे नयाँ कुराहरू सिक्न पनि काठमाडौंका विभिन्न स्थानमा घुम्ने योजना बनाएको सुनाए । ‘नयाँ ठाउँ र व्यक्तिहरू भेट्नु निकै अविस्मरणीय र संगीतप्रेमीहरूलाई भेट्न पाउँदा निकै खुसी लागेको छ,’ उनले भने ।


सांगीतिक सहकार्यको माध्यमबाट क्लिन ब्यान्डिट र नितेशजंगले मानिसलाई आफूलाई थाहा भएको र मनपर्नेबाहेक नयाँ शैली र अनुभवहरूका लागि खुल्ला रहन प्रेरणा दिने आशा व्यक्त गरे ।

प्रकाशित : वैशाख ३१, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?