कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान प्रेमध्वज र शम्भूजितलाई

काठमाडौँ — भक्तराज आचार्य संगीत प्रतिष्ठानले ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५’ गायकतर्फ प्रेमध्वज प्रधान र संगिततर्फ संगितकार शम्भूजित बासकोटालाई प्रदान गरेको छ ।

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान प्रेमध्वज र शम्भूजितलाई

सिटी एक्सप्रेस मनी ट्रान्सफरसँगको सहकार्यमा प्रदान गरिएको उक्त सम्मानको राशी जनही पचार हजार रहेको प्रतिष्ठानले बताएको छ । एक कार्यक्रमबीच भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए ।


भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केहि वर्ष यतादेखि संगीत र कलाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने स्रष्टाहरुलाई सम्मान गर्दै आएको छ । सो कार्यका लागि सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिंदै आएको छ ।


प्रकाशित : वैशाख ३०, २०७६ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?