कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रणवीरले दिए जवाफ

काठमाडौँ — अभिनेत्री कंगना रनावत छिन् र बेलाबखत बलिउड गर्माउँछ । विभिन्न मुद्दामा वादविवाद चल्छ । 'मणिकणिर्का' एक्टर रनावत अफस्क्रिनमा पनि लडाकु स्वभावकी छन् । बलिउडमा उनका कोही गडफादर छैनन्, न त हितैषी नै ।

रणवीरले दिए जवाफ

तैपनि उनी मनमा केही कुरा बिझयो भने ठाडै बोलिहाल्छिन् । कोही खुसाओस् वा रिसाओस्, उनी चिन्ता गर्दिनन् । सायद त्यसैले पनि पछिल्लो समय अभिनयमार्फत जति उनले उचाइ लिइरहेकी छन्, त्यति नै विभिन्न विवाद र झगडाका कारण तनावमा पनि परिरहन्छिन् । कहिले अभिनेता ऋतिक रोशनसँग पैंठेजोरी लगाउँछिन् त कहिले आलिया भट्टसँग । पि्रयंका चोपडासँगको उनको 'फेसन' देखिको झगडा त अब पुरानो भइसक्यो ।


गत वर्ष 'मणिकणिर्का' सफल भएपछि कंगनाको झगडालु स्वभावमा झन् बढोत्तरी भएको छ । उनले अभिनेता रणवीर कपूरलाई समेत टिप्पणी गर्न भ्याइन् । उनले अभिनेता कपूरलाई 'गैरजिम्मेवार' को आरोप लगाएकी थिइन् । त्यसो त रणवीरले पनि एक अन्तर्वार्तामा गैरजिम्मेवार शैलीमा प्रतिक्रिया दिएका थिए ।


एक प्रश्नमा कपूरले भनेका थिए, 'हाम्रो घरमा नियमित बिजुली र पानी आइरहेकै छ भने म किन राजनीतिका बारेमा टिप्पणी गरूँ ? राजनीतिले मेरो जीवनमा तात्त्विक परिवर्तन केही ल्याउनेवाला छैन । मसँग पहिल्यै सुविधा सम्पन्न जीवन छ र कुनै पनि समस्या छैन भने किन राजनीतिक टिप्पणी गर्दै बसूँ ?' यही भनाइले कंगनाको रिसको पारो बढाएको हो ।


'हामीकहाँ रणवीरजस्ता केही थोरै गैरजिम्मेवार कलाकार छन्, जो राजनीतिबारे मुख खोल्न समेत चाहँदैनन्,' अभिनेत्री रनावतले हाकाहाकी चुनौती दिएकी थिइन् तर लामो समयसम्म जवाफी हमलामा नउत्रेका रणवीरले यतिबेला भने आफ्नो मौनता भंग गरे । आफ्नी प्रेमिका आलियालाई लक्षित गर्दै बारम्बार विभिन्न टिप्पणी गरिरहेकी कंगनाको नाम उल्लेख नगरीकनै रणवीरले 'मान्छेलाई जे मन लाग्छ, भन्न सक्छ' भन्दै संक्षिप्त प्रतिक्रिया दिए ।


भने, 'मान्छे जसले जस्तो अनुभव गर्छ, त्यस्तै भन्ने हो । म के हुँ र के भनिरहेको छु, त्यो मलाई नै थाहा छ ।' तर कंगनाले मर्सिडिजमा यात्रा गर्ने, आलिसान महलमा बस्ने मान्छेहरूले गर्ने यस्ता टिप्पणी अनुत्तरदायी र गैरजिम्मेवार भए पनि आफू त्यस्तो खालको नागरिक नभएको बताएकी थिइन् । कंगना लागेपछि त्यसलाई टुंगोमा नपुर्‍याएसम्म मिडियामा बोलिरहन सिपालु छन् । हालै मात्र, आफ्नो फिल्म 'सुपर ३०' उनको फिल्म 'मेन्टल है क्या' सँग जुध्ने भएपछि अभिनेता ऋतिकले फिल्मको रिलिज नै सारेका थिए । सार्नुको कारणमा अभिनेताले कंगनालाई लक्षित गर्दै आफू अनावश्यक मानसिक प्रताडनामा फस्न नचाहेको बताएका थिए ।

प्रकाशित : वैशाख ३०, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?