कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘मनोरञ्जनलाई आदर्श नठानौं’

एजेन्सी

काठमाडौँ — सेलिब्रेटीलाई सामाजिक सञ्जालमा गरिने ट्रोलिङ टाउको दुखाइको विषय बन्दै गइरहेको छ । खासगरी कलाकारलाई आदर्शवान् मानिदिने र गाली बेइजत गर्नेबीच खास फरक हुन छोडेको छ । यही कारण बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी बेलाबखत निराश पनि हुन्छन् ।

‘मनोरञ्जनलाई आदर्श नठानौं’

अभिनयका कारण प्रसिद्धि कमाएका सिद्दिकी पछिल्लो समय सामाजिक सञ्जालमा भने उत्तिकै ट्रोलको सिकार हुन थालेका छन् ।


यस्ता ट्रोल बनाउनेदेखि हैरान अभिनेताले आफूहरू केवल मनोरञ्जनका लागि कला देखाउने कलाकार मात्रै भएकाले आदर्शवान् रूपमा नबुझ्न र नसोच्न आग्रह गरेका छन् । सिद्दिकीले व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘पहिले पहिले नाटक देखाउने कलाकारलाई कसैले आफ्नो गाउँ, समाजमा राख्नै चाहँदैनथे । कलाकार स्वच्छन्द शैलीका हुने भएकोले समाज नै बिगार्छ भन्ने मान्यता थियो । हो हामी, कलाकार नै हौं, आदर्श व्यक्ति नमान्दा हुन्छ ।’


सिद्दिकीलाई उनले छनोट गर्ने फिल्मलाई लिएर पनि मजाक उठाउन थालिएको छ । ‘जिनियस’ जस्तो फिल्म खेल्न सहमत भएको भन्दै अधिकांशले उनको मजाक उडाएका थिए । कतिपयले सिद्दिकीको स्तर धेरै माथिल्लो भएकोले राम्रा फिल्म र राम्रो चरित्रमा मात्र देखिनुपर्ने तर्क गरेका थिए । तर सिद्दिकी पनि यसरी तर्क गर्छन्, ‘त्यो फिल्म मैले केवल पैसाका लागि खेल्न राजी भएको हुँ, ताकि मैले फेरिफेरि ‘मंटो’ जस्ता फिल्ममा पैसा नै नलिएर पनि काम गर्न सकूँ ।’


उनले सञ्जालहरूमा आफ्नो मजाक उडाउने उद्देश्यले गरिने ट्रोलिङका कारण आफू साह्रै दुःखित हुने गरेको अनुभव सुनाउँदै भन्छन्, ‘यस्ता ट्रोलिङ र गाली सुनेपछि म छाँगाबाट खसेझैं हुन्छु । जमिनमा पछारिन्छु र आफ्नो हैसियतमा आउँछु । उनीहरूको काम नै गाली गर्ने हो । सामाजिक सञ्जालमा गाली लेख्ने अधिकार सबैलाई मिलिरहेको छ । मान्छे प्रधानमन्त्रीलाई त छोडदैनन् ।’


अभिनेता सिद्दिकीलाई बालासाहब ठाकरेको बायोपिकमा खेल्न लागेकोमा समेत ट्रोल बनाइएको थियो । ‘जब मैले फिल्म ठाकरे साइन गरें । तब अधिकांशले मलाई यस्तो फिल्म नखेल भने । तर म त एउटा कलाकार हुँ । मेरो काम नै अभिनय गर्ने हो । २१ वर्षदेखि यही गर्दै आइरहेको छु । मेरो काम नै दुनियाँको कुनै पनि चरित्रको निर्वाह गर्नु हो । कहिले सन्त त कहिले बदनाम मान्छेको पनि भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यसलाई कृपया चरित्रभन्दा बढी नसोचिदिनुहोला । हामी नौटंकी गर्ने कलाकार माक्रै हौं, आदर्शवान् हैनौं । आदर्शवान् व्यत्तिहरू समाजमा अरू थुप्रै छन् ।’ सिद्दिकीको यस वर्ष ‘फोटोग्राफ’ सहित पाँच फिल्म रिलिजको क्रममा छन् ।


प्रकाशित : वैशाख २०, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?