कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गीतमा मस्तिष्क पक्षाघात

काठमाडौँ — अन्य रोग जस्तै मस्तिष्क पक्षाघात पनि नेपालमा सामान्य हुँदै गएको छ । यसबाट प्रभावितहरु बढिरहेका छन् । पीडितहरुप्रति समाजको दृष्टिकोण अपेक्षित रुपमा राम्रो रहेको पाइन्न । 

यही रोगका पीडितहरुका लागि काम गर्दै आएको नितिन मस्तिष्क पक्षाघात समाजले जनचेतनामूलक गीत निकालेको छ ।


मस्तिष्क पक्षाघातबाट प्रभावितहरुलाई सामान्य मानिसलाई झैं व्यवहार गर्नुपर्ने सन्देशसहितको गीतले भन्छ :

नभन मेरो भाग्य विधाताले नै कोरिदियो

नभन यो मेरो इच्छा नियतिले नै तोडिदियो...


नरेश प्रधानले लेखेको गीत रिदम कँडेलले संगीतबद्ध गरेका हुन् । उनैको संगीत संयोजन रहेको गीतमा गायक शिव परियारको स्वर सुन्न सकिन्छ । स्टुडियो साउन्ड मिलमा रेकर्ड भएको उक्त गीतको म्युजिक भिडियो पनि बनेको छ ।


निकेश खडका निर्देशित भिडियोमा सरोज खनाल, सूर्यमाला शर्मा, श्रीवानी थापा र रुपेश लामाले अभिनय गरेका छन् । बुद्ध थापाले खिचेको भिडियो विकास धमलाले सम्पादन गरेका हुन् ।


‘हाम्रो समाजमा मस्तिष्क पक्षाघात भएका बालबालिकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन हामी तीन वर्षदेखि क्रियाशील छौं,’ समाज अध्यक्ष उर्मिला श्रेष्ठले विज्ञप्तिमा भनेकी छन्, ‘फरक क्षमताका बालबालिका र तिनका अभिभावकलाई गरिने व्यवहारमा सकारात्मक बदलाव ल्याउन सबैले हातेमालो गर्न जरुरी छ ।’

प्रकाशित : चैत्र १८, २०७५ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?