ज्याद्रै बस्यो दिल...

काठमाडौँ — ‘बुलबुल’ फिल्मको दोस्रो गीत आएको छ । ‘ज्याद्रै बस्यो दिल...’ गीत काठमाडौंको भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक मेलामा सयौँ दर्शकश्रोतामाझ शनिबार सार्वजनिक भएको हो ।

ज्याद्रै बस्यो दिल...

यसअघि ‘बुलबुल’ कै ‘माया ओई ओई...’ गीत पनि फ्लास मब शैलीमा दर्शकश्रोताकै बीच नाचेर सार्वजनिक गरिएको थियो ।

‘ज्याद्रै बस्यो दिल...’ को दृश्यमा अभिनेत्री स्वस्तिमा खड्का केन्द्रमा देखिन्छिन् ।


कहिले सडकमा हिँड्दै गरेकी त कहिले पानीमा रुझ्दै । फिल्मका निर्देशक विनोद पौडेलले ‘बुलबुल’ ले समाजको एउटा वर्गको जीवनलाई दुरुस्तै उतारेको दाबी गरे । ‘फिल्ममा प्राय: पात्रलाई आदर्शको भारी बोकाइएको हुन्छ,’ उनले भने, ‘यो फिल्ममा आदर्शभन्दा यथार्थ बढी छ ।’ उनले दुई तीन महिना विषयगत अनुसन्धानपछि मात्रै फिल्मको कथा तयार पारेको पनि बताए ।


निर्माता अविरल थापाले नेपाली फिल्ममा मौलिकता भएन भन्ने गुनासो भइरहेका बेला ‘बुलबुल’ ले भिन्न स्वाद दिने ठोकुवा गरे ।

‘ज्याद्रै बस्यो दिल...’ का शब्द मनिकला पौडेलले संकलन गरेकी हुन् ।


उदगम परियारको संगीत र रजिना रिमालको स्वर यसमा सुन्न सकिन्छ । फिल्ममा स्वस्तिमासँगै मुकुन भुसाल, जोयस पाण्डे, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, एलिना कार्की, सृष्टि भट्टराईलगायतको अभिनय छ । फिल्म आउँदो फागुन ३ देखि मुुलुकभर प्रदर्शन हुँदै छ ।

प्रकाशित : माघ २१, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?