‘लभ स्टेसन’ भियतनाम र इन्डोनेसियामा

काठमाडौँ — नेपाली कथानक फिल्म ‘लभ स्टेसन’ को टिम यति बेला भियतनाम र इन्डोनेसियामा छ । फिल्मको गीत छायांकनका लागि अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ, निर्माता गोविन्द शाही, कोरियोग्राफर शिशिर खाती, क्यामेरा पर्सन आलोक शुक्लासहितको टिम यी देश पुगेका हुन् ।

‘लभ स्टेसन’ भियतनाम र इन्डोनेसियामा

भियताम र बालीमा गीतको छायांकन सकिसकेको निर्माता शाहीले बताए । ‘फिल्म कथाअनुसार नै गीत छायांकनका लागि भियतनाम र इन्डोनेसिया छानेका हौं,’ उनले भने, ‘पहिलो पटक नेपाली फिल्ममा यी देशका सुन्दर दृश्यहरू देखिनेछन् ।’


युवाहरूको प्रेमकथामा आधारित ‘लभ स्टेसन’ लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका छन् । भारतको दार्जिलिङ, सिक्किम लगायत क्षेत्रमा छायांकन गरिएको फिल्मले आउँदो चैत २२ गतेलाई रिलिज डेट तय गरेको छ ।

प्रकाशित : माघ २०, २०७५ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?