कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सम्हालिन्छ कहिले मन’ घोषणा

काठमाडौँ — यसै वर्ष ‘रामकहानी’ बनाएका निर्देशक सुदर्शन थापाले अब ‘सम्हालिन्छ कहिले मन’ बनाउने घोषणा गरेका छन् । यसपटक पनि उनले ‘रामकहानी’ कै जोडी आकाश श्रेष्ठ र पूजा शर्मा दोहोर्‍याएका छन् भने सोनम तोप्देनलाई पनि ब्रेक दिने भएका छन् । 

‘सम्हालिन्छ कहिले मन’ घोषणा

प्रेमकथामा आधारित फिल्मको अधिकांश छायांकन लन्डनमा हुने बताइएको छ । आइतबार राजधानीमा घोषणा कार्यक्रम गर्दै कलाकार तथा प्राविधिक चिनाइएको हो । गौरी मल्ल, सरोज खनाल, धीरेन शाक्यलगायत कलाकार फिल्ममा हुनेछन् ।


महेश दवाडीको पटकथा रहने फिल्म सौरभ लामाले खिच्नेछन् भने अर्जुन पोखरेल र ताराप्रकाश लिम्बूको संगीत तथा कविराज गहतराजको नृत्य निर्देशन रहने छ ।


निर्देशक थापाले उत्कृष्ट फिल्म बनाउने प्रयास रहने बताउँदै लन्डनमा ५० दिन र मनाङमा ५ दिन छायांकन गरिने जनाए । माघ २६ देखि लन्डनबाटै छायांकन थालिने फिल्मको टिम मंगलबार नै लन्डन उड्ने उनले बताए ।

प्रकाशित : माघ १४, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?