कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘माया कस्तो लाएँ’ भन्दै गुञ्जन

काठमाडौँ — गायिका गुञ्जन उपाध्याय सिंगल ट्य्राक लिएर श्रोतामाझ आएकी छन् । उनका बुवा गायक/संगीतकार तुंगनाथ नेपालले लेखेको र संगीतबद्ध गरेको गीतले भन्छः

‘माया कस्तो लाएँ’ भन्दै गुञ्जन

माया कस्तो लाएँ मैले

माया कस्तो लाएँ

के भूल गरेँ

केही भूल गरेँ...


भनरेश्वर बर्मनले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियो पनि बनेको छ । मन्जिल श्रेष्ठले निर्देशन गरेको भिडियोमा रीता याम्फु र जिन झेङले अभिनय गरेका छन् ।


गुञ्जन केही वर्षयता सपरिवार अमेरिकामा बस्दै आएकी छन् । काठमाडौँमा रहँदा उनले आफ्नै बुवा र तबलावादक पं. होमनाथ उपाध्यायलगायतका गुरुहरूको सान्निध्यमा रहेर संगीत सिक्ने अवसर पाएकी थिइन् । अमेरिकामा पनि उनले माधुरी ताई, अर्चना देशपाण्डेसँग सिकिन् । अमेरिकामा त्यहाँ रहेका नेपालीहरूको पुरानो संस्था एएनएले गरेको सुपरनोभा ट्यालेन्ट कम्पिटिसनमा पहिलो भइन् । विभिन्न कभर सङमार्फत युट्युबमा देखिइरहेकी उनले अमेरिकामै भएका अन्य केही प्रतियोगितामा समेत कौशल प्रस्तुत गरेर प्रशंसा पाएकी छन् ।

प्रकाशित : पुस १८, २०७५ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?