२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

विवाह बन्धनमा बाँधिए प्रियंका र निक

काठमाडौँ — बलिउड/हलिउड अभिनेत्री प्रियंका चोपडा विवाह बन्धनमा बाँधिएकी छन् । उनले आफूभन्दा १० वर्ष कान्छा अमेरिकी गायक निक जोनाससँग विवाह गरेकी हुन् ।

विवाह बन्धनमा बाँधिए प्रियंका र निक

निक र प्रियंका गत डिसेम्बर १ र २ तारखिका दिन जोधपुरस्थित उम्मेद भवन प्यालेसमा विवाह बन्धनमाम बाँधिए ।


पहिलो दिन ईसाइ धर्म अनुसार र दोस्रो दिन हिन्दू परम्परा अनुसार विवाह गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सोमबार जोधपुरबाट फर्किएर दिल्लीमा रिसेप्सन पार्टी दिएका थिए ।


मंगलबार भारतको ताज प्यालेस होटलमा आयोजित पहिलो रिसेप्सन पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत उपस्थित थियो ।


मोदीले नव विवाहित दम्पतिलाई बधाई तथा शुभकामना दिएका थिए ।


निक र प्रियंकाले विवाहको केही तस्बिरहरु मात्र सार्वजनिक गरेका छन् ।


प्रकाशित : मंसिर २०, २०७५ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?