बलिउड अभिनेता गोविन्दा काठमाडौंमा
काठमाडौँ — बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन् । एलजी फिल्म अवार्डका लागि उनी शनिबार काठमाडौं अोर्लिएका हुन् ।
छोरी टिनाका साथ नेपाल आएका उनले भने, '२/३ पटक फिल्म सुटिंगको लागि आएपनि मलाई आज पहिलो पटक आएको जस्तो अनुभव भईरहेको छ। किनकी म यहाँको फिल्म अवार्डमा सहभागी हुदैछु। नत्र पशुपति दर्शनका लागी आउने गर्छु।'
काठमाडौं बसाइका क्रममा उनी होटल याक एण्ड यतिमा बस्नेछन् । शनिबार उनी चन्द्रागिरी हिल्स र आइतबार राष्ट्रिय सभा गृहमा सिनेमा सर्कल नेपाालले आयोजना गर्ने अवार्डमा सहभागी हुनेछन् ।
जेठो छोराको स्वास्थ्य अचानक खराब भएर उनकी पत्नि आउन सकिनन्।
तस्बिरहरुः कविन अधिकारी/कान्तिपुर
प्रकाशित : भाद्र ३०, २०७५ १२:२४प्रतिक्रिया