कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदीप–जसिता ‘लभ स्टेसन’ मा

फिल्म

काठमाडौँ — अभिनेता प्रदीप खड्काले ‘लिलीबिली’ मा अभिनेत्रीका रूपमा डेब्यु गर्ल जसिता गुरुङलाई को–एक्टर पाएका थिए । सोही जोडी ‘लभ स्टेसन’ मा पनि दोहोरिने भएको छ ।

प्रदीप–जसिता ‘लभ स्टेसन’ मा

असोज ५ देखि छायांकनमा जाने जानकारीसहित सोमबार फिल्मको कास्ट एन्ड क्रु घोषणा गरियो । उज्ज्वल घिमिरेले निर्देशन गर्ने फिल्मको पटकथा उनैले लेखेका हुन् । घिमिरेले पछिल्लो पटक ‘वडा नं. ६’ निर्देशन गरेका थिए ।


गोविन्द शाहीको निर्माण रहने फिल्ममा प्रदीप र जसितासँगै मिस सिलिगुडी श्रद्धा क्षत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाहलगायत कलाकार हुने भएका छन् । प्रदीपले फिल्मको पटकथा चित्तबुझ्दो भएकोले खेल्न राजी भएको बताए । यसअघि ‘लिलीबिली’ मा आबद्ध हुँदै उनले सोही फिल्मको ब्यानरको अर्को फिल्म पनि खेल्नुपर्ने सम्झौता गरेको बताइएको छ । प्रदीपको ‘रोज’ प्रदर्शनमा रहे पनि आशानुरूप सफलता पाएको छैन ।


निर्देशक घिमिरेले भने ‘लभ स्टेसन’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको टिप्पणी गर्दै प्रदीप र जसिताको जोडी फिल्मका लागि सही भएको बताए । प्रदीपले पनि घिमिरेजस्ता अनुभवी निर्देशकसँग काम गर्न पाउनु खुसीको कुरा रहेको उल्लेख गरे । जसिताले पनि सफल निर्देशकसँग काम गर्न पाउँदा खुसी लागेको बताइन् । यसअघि उनलाई निर्देशक मिलन चाम्सले ब्रेक दिएका हुन् ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?