कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

महिला हिंसामाथि ‘कथा काठमाडौं’

अर्जुन राजवंशी

दमक — सपना साकार गर्ने नाममा आफैंलाई समाप्त गर्नेहरूको कथा समेटेर ‘कथा काठमाडौं’ बनाएको सञ्चारकर्मी एवं फिल्म निर्देशक संगीता श्रेष्ठले बताएकी छन् । शीर्षक ‘कथा काठमाडौं’ भए पनि फिल्ममा काठमाडौं बाहिरका युवायुवतीको कथालाई प्रस्तुत गरेको बताइन् ।

महिला हिंसामाथि ‘कथा काठमाडौं’

असोज १२ देखि प्रदर्शनमा आउन लागेको फिल्मको प्रचारप्रसारका लागि युनिट झापा आएको छ । दमकमा शनिबार पत्रकार सम्मेलनमा श्रेष्ठले फिल्मको दृश्यका बारेमा केहीले आलोचना गरे पनि त्यो अहिलेको काठमाडौंको वास्तविकता भएको तर्क गरिन् ।


‘यो फिल्मले वर्तमान नेपाली समाजमा बढेको महिला हिंसा रोक्न मद्दत गर्छ,’ उनले भनिन्, ‘आफ्नो सपना पूरा गर्ने नाममा के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुराको ज्ञान बाँड्छ ।’ विभिन्न सपना र आकांक्षा बोकेर काठमाडौं छिरेका सबै युवायुवतीको सपना पूरा भएका छन् कि छैनन्, त्यो क्षमता काठमाडौंसँग छ कि छैन, विभिन्न जिल्लाबाट काठमाडौं छिरेका युवायुवतीलाई काठमाडौंका मान्छेले कसरी प्रयोग गर्न खोज्छन् भन्ने प्रश्नको जवाफ ‘कथा काठमाडौं’ ले दिने निर्देशक श्रेष्ठले बताइन् ।


कान्तिपुर टेलिभिजनमा कार्यरत श्रेष्ठको ‘कथा काठमाडौं’ डेब्यु फिल्म हो । यसअघि उनले टेलिफिल्म ‘कथा प्रेमका’ निर्देशन गरेकी थिइन् ।


नायक प्रमोद अग्रहरीले उज्यालो खोज्ने नाममा अँध्यारोमा फसेकाहरूको कथा समेटिएकाले फिल्म सफल हुने विश्वास जनाए । उनले विगतमा यस खाले कथा फिल्महरूमा आए पनि उनीहरूलाई अब कसरी बचाउने, कसले बचाउने भन्ने विषय यो फिल्ममा मात्र खोजिएको दाबी गरे ।


आहाना फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा प्रियंका, प्रमोद, आयुष्मान देशराज जोशी, सन्जोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीलगायतको अभिनय छ ।

प्रकाशित : भाद्र २५, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?