२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

भिडियोमा लाउरे र विपुल

काठमाडौँ — टुबोर्ग ओपनको हालै सार्वजनिक म्युजिक भिडियोमा विश्वस्तरीय गायकहरू डिप्लो र मोसँगै नेपाली गायकहरू विपुल क्षत्री र र्‍यापर लाउरेले सहकार्य गरेका छन् ।

भिडियोमा लाउरे र विपुल

अमेरिकी निर्माता तथा डिजे डिप्लो र डेनमार्कका लोकप्रिय कलाकार मोसँगको सहकार्यमा रचना गरिएको ‘स्टे ओपन’ ट्रयाकमा नेपाली संस्करणको लागि लाउरे र विपुलले ‘ओपन टु मोर’ हुनुको औचित्यलाई वर्णन गर्दै उक्त गीतमा शब्दहरू पुनर्लेखन गरेका हुन् । टुबोर्गले विदेशीसँगै नेपाली कलाकारहरूलाई सहकार्य गराई कोल्याबोरेटिभ गीत र भिडियो निकाल्न सहयोग गरेको हो ।


यस खाले सहकार्यले संगीतको कुनै सीमा हुँदैन र संगीतले सीमाबाहिर रहेको सिर्जनात्मक सोचलाई समेट्न सहयोग पुर्‍याउँछ भन्ने देखाइदिएको छ । यो परियोजना मार्चमा सुरु भएको थियो । विपुल र लाउरे कोपेनहेगन गएर मोसँग भेटी उनीहरूको संगीत सिर्जनाको तौरतरिका साझेदारी गर्दै ‘स्टे ओपन’ गीतको नेपाली संस्करण तयार पारेका थिए ।

प्रकाशित : भाद्र २५, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?